सुनसरीको भोक्राहामा सवारी दुर्घटनाहुँदा तीनको मृत्यु,१५ जना घाइते
धरान (सुनसरी), २६ साउनः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा आज विहान दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ । प्रहरीका अनुसार निधन हुनेको पहिचान हुन सकेको छैन । घाइतेहरूको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले गराएको छ l
फोटो : सार्वजनिक संजालबाट साभार
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...