संसद बैठक भाद्र ५ सम्मको लागि स्थगित

काठमाडौं- प्रतिनिधि सभा भदौ ५ गते (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको दलहरुको बैठकले सहमतिको लागि भोलि अर्को बैठक बस्ने निष्कर्ष निकालेको छ। बैठक सहमति उन्मुख भएको र भोलिको बैठकबाट सहमति निस्किन सक्ने रास्वपाका सभापति रवि लामिछानेले बताए।
सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग र नियमित प्रक्रियाबाटै छानबिन हुन दिनुपर्ने सरकारको अडानका बीच एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आइरहेको छ।
आइतबारै सभामुख देवराज घिमिरेले दलहका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए। संसद खोल्ने सम्बन्धमा एमाले अलि लचक हुने सङ्केत प्राप्त भएको बताइन्छ l एमाले अध्यक्ष ओली अस्वस्थ रहेको कारण आउन नसकेको जानकारी पत्रकार माझ रास्वपा अध्यक्ष रवि लामिछानेले बैठक पछि जानकारी गराएका छन् l
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...