संसद बैठक भाद्र ५ सम्मको लागि स्थगित
काठमाडौं- प्रतिनिधि सभा भदौ ५ गते (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको दलहरुको बैठकले सहमतिको लागि भोलि अर्को बैठक बस्ने निष्कर्ष निकालेको छ। बैठक सहमति उन्मुख भएको र भोलिको बैठकबाट सहमति निस्किन सक्ने रास्वपाका सभापति रवि लामिछानेले बताए।
सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग र नियमित प्रक्रियाबाटै छानबिन हुन दिनुपर्ने सरकारको अडानका बीच एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आइरहेको छ।
आइतबारै सभामुख देवराज घिमिरेले दलहका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए। संसद खोल्ने सम्बन्धमा एमाले अलि लचक हुने सङ्केत प्राप्त भएको बताइन्छ l एमाले अध्यक्ष ओली अस्वस्थ रहेको कारण आउन नसकेको जानकारी पत्रकार माझ रास्वपा अध्यक्ष रवि लामिछानेले बैठक पछि जानकारी गराएका छन् l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...