राजनीतिक र सामाजिक व्यक्तित्व स्व.मोहनलाल खाती

पिता डम्बरबहादुर सुनार तथा माता बालिका सुनारको कोखबाट १९९९ माघ १0 गते हालको कुश्मा नगरपालिका वडा नं.१३ खौला गाउँ मा जन्मिएका मोहन लाल खाती सुनार मिलनसार, आँटिलो, सहयोगी व्यक्तित्वका धनी व्यक्ति थिए । आफ्ना दमालिमा सबै भन्दा जेठो भएकाले उहाँलाई सबैले माया र सम्मान गरेर नानी भनी बोलाउथे । खौला गाउँमा सबैले आफ्ना पेशागत काम फलाम, तामा, सिल्पटका भाँडाकुँडा, कृषि औजार तथा घरेलु हतियार बनाउने र कृषिको काम गर्दथे । यो पेशाको काम गर्नका लागि त्यहाँ आरन भएकोले नै खौला गाउँको त्यस ठाउँलाई आर्ना भन्ने गरिन्छ । त्यही गाउँमा भलेवास मावली भएका डम्बरबहादुरले मावलीबाट सुनचाँदीको पेशा सिकेर कालिगार बनी पेशा गरेका थिए । छोरा मोहनलालले पनि बुबाबाटै यो पेशा सिकेर बुबासँगै सुन कमाउन गाउँ डुल्न लागे l जुन आजभन्दा साठी सत्तरी वर्ष पहिलाको चलन थियो l डम्बरबहादुरलाई आफ्ना नियमित ग्रहाक गाउँ `खुवा´ मा देउरे सुनार भनेर चिन्दथे ।
छोरा मोहनलाल करिब १८,२० वर्षको उमेर हुँदा डम्बरबहादुरले हालको बिरुवा गाउँपालिकाको बिरुवा बजारमा पसल गरेर व्यवसाय गरेका थिए । बुबासँगै पेशा गर्दै गर्दा अलि ठुलो ठाउँमा गएर थप प्रगति गर्ने इच्छा मोहनलाललाई जाग्यो । यही इच्छाले उनलाई आफ्ना श्रीमती एक छोरा र एक छोरीसहित भारतको हाप्लुङ पुरायो । त्यसबेला त्यहाँ बाक्लो नेपाली समुदायको बस्ती त थिदै थियो उनका नजिकका आफन्तहरू पनि हाप्लुङमा त्यतैतिर थिए । यसले गर्दा उनलाई त्यहाँ कुनै कुराको समस्य असजिलोको समाना गर्न परेन । त्यहाँ धेरैले उनलाई गोर्खा भारतीय सेनामा भर्ती हुन सल्लाह दिए । भर्ना खुलेको स्थानमा जब मोहनलाल पुगे l सिपाही छनोट गर्दै आएका सैनिक अफिसरको आँखा उच्च कद कसिलो र भरिलो जिउ भएका मोहनलाल मै आएर ठोक्कियो । एक नम्बरमा मोहनलाल छानिए । सामान्य सिपाहीको मापदण्डभन्दा धेरै आकर्षक जिउज्यान थियो मोहनलालको l केही बर्ष सैनिक सेवा गर्दा उनको मनमा एउटा विचार आयो, त्यो के त भन्दा आफ्नो हातमा शिप भएको सुनारको छोरा यसरी सैनिकको सीमा भित्र बाँधिर बस्नुभन्दा आफ्नै बलबुतामा स्वतन्त्रता पूर्वक आफै केही गर्न मन लाग्यो l झन्डै ३बर्ष जतिको सैनिक सेवा छोडेर उनी पहिले बस्दै आएको नेपाली बस्तीमा सुन सुनचाँदी पसल खोलेर काम गर्न लागे । सुनचाँदीको व्यवसायले उनलाई राम्रो प्रगति र आत्मसन्तुष्टि दुवै दिलायो ।
आधा दशक भन्दा बढी समय त्यस ठाउँमा व्यवसाय गर्दै जाँदा उनले घर सम्झे । घरमा बुढा भएका बाबु ,भाइ दिदी बहिनीलाई मैले हेरचाह गर्नुपर्छ l उनीहरूप्रतिको कर्तव्य निर्वाह गर्नु पर्छ भन्ने सोचेर अब मेरो उनिहरूलाई जरुरत भएको निष्कर्ष निकालेर आफ्नो परिवारसहित नेपाल फर्के l छोटो समय खौला गाउँ बसेर बाबुको पसल भएको गाउँ बिरुवा बजार पुगेर सुनचाँदीको काम गर्न लागे। त्यहाँ उनलाई भर्खरै लाहुरबाट आएको भनी लाहुरे सुनार भन्न लागे l फ़ुर्तिलो ,रमाइलो र समूहमा सजिलै घुलमिल भएर बस्न सक्ने उनको स्वभाव थियो । मोहनलाल लाउरे सुनारका नामले लोकप्रिय भए । यतिसम्म कि उनका छोराछोरीलाई समेत स्थानीयवासीहरूले लाहुरे सुनारका छोरा र लाहुरे सुनारकी छोरीको परिचय प्राप्त भएको थियो l क्षेत्री समुदायको बसोबास रहेको बिरुवा बजारमा उनी लोकप्रिय थिए l त्यहाँ उनले २०३६ साल सम्म सुनचाँदीको व्यवसाय गरेर बसे l खौला गाउँमा खेतिपाती र परिवार बिरुवा बजाएरमा आफ्नो व्यवसाय भएका मोहनलालले बिरुवा बजार आएको केही समय मै आवत जावत गर्नका लागि घोडा किनेर पालेका थिए । स्मरण गर्ने कुरा के छ भने त्यहाँ उनेले धेरै लाई घोडा चड्न र बन्दुकले सिकार गर्ने सिकए । जुन ship उनले सैनिक सेवामा भारतमा हुँदा सिकेका थिए । अर्को कुरा मोहनलालले जिन्दगीभर चना खाएनन् । किन किन चना भनेकै घोडाको दाना हो भन्ने कुरा उनलाई लाग्थ्यो र त्यसैको याद आउंथ्यो l धेरै पटक बिरुवा र खौला घोडामा ओहोरदोहोर गर्दा बाटोमा चिया खाजा खाँदा यो कस्तो मान्छे हो भनेर बाटोका स्थानीयले चासो गर्द्थे । आज भन्दा ५५बर्ष पहिलोको जातीय विभेद र छुवाछुतको एकदम कठोर जन्जिरले बाँधिएर रहेको समाजमा उनी घोडचढी गाउँ आवतजावत गर्ने हालको आंधीखोला गाउँपालिकाको रङेठाटीको चिया पसलमा ,घोडा चडेर हिड्ने यो मान्छे यही जातको अर्थात दलित समुदायको सुनार रहेछ भनी अनुसन्धान गरि पत्ता लगाएर चिया पिएको गिलास माज्न बाध्य पार्न खोजेका थिए l जति बेला मोहनलालले आफ्ना सहयोगी र चिनजान मान्छेसँग बसेर त्यहाँ चिया खएका थिए । त्यतिबेला पनि मोहनलालले गिलास माझ्न स्वीकार गरेनन् । उनले जबाफ दिए l तपाईसँग भएका सबै गिलासहरूको मुल्य कति हो भनी सोधेर चिया पसलेले भने बमोजिमको मूल्य बुझाए अनि ती गिलास एकै ठाउँमा राखेर फुटालेका थिए। जुन एउटा विरोधको रुप थियो । मोहनलाललाई अछुत देख्नेहरूका विरुद्ध गरिएको प्रतिकार थियो l
आज पनि चुलो छोएको इनार छोएको कुवाको छोएको कारण दलित समुदायका व्यक्तिहरू मारिने पिटिने अपमानित हुने क्रम रोकिएको छैन l त्यतिबेला मोहनलालले जुन किसिमको प्रतिकारको आँट गरे त्यो सामान्य मान्न सकिन्न l
खौलाको आर्ना गाउँमा थोरै जमीनको खेती र फलामको पेशा परिवार पाल्न धौ धौमा परेका काकाहरुका छोराहरूलाई सुनचाँदीका कारिगार मात्रा बनाएनन विभिन्न स्थानमा पसल खोलिदिएर स्थपित गराए । खौलाको आर्ना गाउँमा घोडा पालेको र बन्दुक भएको घर भनी पहिचान बनेको थियो l बिरुवा बजारमा घोडा चड्न र बन्दुक हानेर सिकार गर्न धेरैलाई मोहनले नै सिकाएका थिए । २०३६/३७ साल तिर पुतलीबजार नगपालिकाको स्याङ्जा बजारमा बसाई सरि सुनचाँदीको व्यवसाय गर्न लागे । बजारमा मोटर गाडी चलेकाले घोडाको समय गैससकेको थियो । स्याङ्जामा त्यसबेला प्रधानपञ्च काजीमान श्रेष्ठ स्थानीय राजनीतिकर्मी रामबन्धु रेग्मी शेरजंग अधिकारीसँग राम्रो सम्बन्ध रहयो । औपचारिक कार्यक्रमहरु दौरासुरुवाल लगाएर सहभागी हुने गर्दा गर्दै पञ्चायत कालमा रामबन्धु रेग्मी जिल्ला सभापति भएका बेला नेपाल मजदुर सङ्ठनको जिल्ला कार्य समितिमा बसेर काम गर्दा सङठनका संरक्षक (राजपरिवार सदस्य ........ को) हातबाट प्रशंशा पत्र पाएका थिए । पछि नेपाल राष्ट्रिय समाज कल्याण संघ जिल्ला शाखाको कार्यसमिति सदस्य रहि २०४१/१०/१६ देखी काम गरे । राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालको स्थापना कालदेखि सक्रिय भएर २०५९ सम्म जिल्ला तहका विभिन्न पदमा बसेर मोहनलालले काम गरे l बहुदल आएको बर्ष २०४७ तिर स्याङ्जामा सङ्ठन स्थपना हुने बेलादेखि कै समयमा उत्पीडित जातीय उत्थान मंच मा (जुन बेला यो मंच स्वतन्त्र थियो । पछि एमाले को भातृ संगठन बन्यो) बसेर सक्रिय बनेर काम गरे । सोही समयमा स्याङ्जाको पेलाकोट गाउँ को `उदियाचौर दुध कान्ड´ आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको सम्बन्धमा ( झलक विश्वकर्माको पुस्तक ‘राजनीतिक क्रान्तिको ओझेलमा दलित मुक्ति’ मा उल्लेख गरिएको छ । सडक दुर्घटनाबाट मृत्यु भएकी पत्नी स्व. खिनामाया खातीको सम्झनामा खौला गाउँमा खानेपानीको व्यवस्था गरेर मोहन लालले समाज सेवा गरे भने संगठनमा बसेर पद र नेतृत्वको लोभ नगरी निष्ठापूर्वक निस्वार्थ सेवा गरेर उदाहणीय बनेका थिए। करिब डेड दसक देखि काठमाडौं को महाराजगन्ज चक्रपथ सुनचाँदीको व्यवसाय गरेको काईलो छोरासँग बस्ने ,स्याङ्जा आइरहने बेलाबखत खौला गाउँ पनि जाने गर्दथे । ७०,७५ वर्षको उमेरसम्म पनि तन्दुरुस्त र कुनै नियमित औसधि खान नपर्ने अवस्थाका मोहन लाल ८० बर्षको उमेरमा टेक्दै गर्दा हाई ब्लड प्रेसरको औसधि सुरु गर्नु पर्यो ।
एक दिन कान्छा छोरासगै बसुन्धारा वरिपरि विहानी हिंडडुल गर्दै गर्दा प्रेसरले अट्यक्त गरी लड्नु भएर प्यरालाइसिस भइ उपचारत दुई बर्षभन्दा लामो समय बितिसक्दा पनि हिडडुल गर्न नसक्ने अवस्थामा रहेका थिए l २०८१/०९/१३ काठमाडौको बसुन्धारा स्थित चिरायु हस्पिटलमा उपचार कै क्रममा यस धर्तीबाट बिदा लिए । उनका ७ छोरा र दुई छोरी छन् । शरद चन्द्र शाह माहसचिव नेपाल राष्ट्रिय समाज कल्याण परिषद (साहिनातेदार) बाट पुतलीबजार नगरपालिका वार्ड न.१ ,स्याङ्जा बाजार स्थित बलमन्दिरको सभा हलमा भएको एक औपचारिक कार्यक्रममा प्रशंशा पत्र पाएका थिए राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति स्याङ्जाको क्षेत्रीय सदस्य र पार्टीको भातृ संस्था नेपाल राष्ट्रिय प्रजातान्त्रिक दलित संघको केन्द्रीय अध्यक्ष ढालबहादुर विश्वकर्मा जिल्ला नेतृत्वबाट केन्द्रीय नेतृत्वमा पुगेपछि जिल्लाको नेतृत्व लिने अवसर मोहनलाललाई प्राप्त भएको थियो l नेपाल मजदुर सङ्गठन जिल्ला कार्यसमिति स्याङ्जाको नेतृत्व रामबन्धु रेग्मीको कार्य अवधिमा उनी जिल्ला कार्यालय समिति सदस्य भएर कार्य गरेको अनुभव पनि थियो । २०४६/०४८ पछिको समयमा स्वतन्त्र हैसियतमा रहेको उत्पीडित जातीय मुक्ति समाज जिल्ला कार्यसमितिको सल्लाहकारको भूमिका समेत निर्वाह गरी एक राजनीतिकर्मी समाजसेवी सफल व्यवसायी व्यक्तित्व निर्माण स्व. मोहनलालले गरेका थिए l
स्मरणीय : स्वर्गीय मोहनलाल खातीको अर्धवार्षिकीको समय पारेर स्व. खातीका सुपुत्र ( ‘राजनीतिक क्रान्तिको ओझेलमा दलित मुक्ति’) पुस्तकका लेखक झलक विश्वकर्मा कुमारको सहयोगमा यो सामग्री akabarey.comले प्रकाशित गरेको हो l – सम्पादक
ज्येष्ठ नागरिक दिलबहादुर कोली यस पहललाई विगतमा भोगेका अपमान र विभेदका चोटमा मल्हम लगाउने कामका रूपमा...
कञ्चनपुरको भीमदत्तमा ८४ परिवार र बर्दियामा गरी करिब एक हजार १०० सुनाहाको जनसङ्ख्या छ ।
माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुख्र्याैली पेसा हो ।