गण्डकी लोकताराको उपाधि प्रेम विकलाई

गण्डकी, ८ असारः राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पारेका छन् । शनिबार पोखरामा भएको फाइनल प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रेम विक ‘प्रथम गण्डकी लोकतारा’ बन्न सफल भएका हुन् । विकले उपाधिसँगै नगद पुरस्कार रु ५१ हजार १११ प्राप्त गरेका छन् ।
प्रतियोगितामा स्याङ्जाकी शिला गुरुङले दोस्रो स्थान हासिल गर्दै रु ३१ हजार १११ नगदले सम्मानित भइन् l त्यसैगरी तृतीय स्थान प्राप्त गर्ने म्याग्दीका विजय परियारले रु २१ हजार १११ प्राप्त गरेका छन् । सान्त्वना स्थान हासिल गर्ने दिलीप मानन्धरले रु ११ हजार १११ प्राप्त गरे l उत्कृष्ट आवाजतर्फको उपाधि गोरखाका पवनसिंह परियारले हात पारे । प्रथम, द्वितीय र तृतीय हुने कलाकारलाई निःशुल्क गीत रेकर्डिङको समेत अवसर दिइने प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिभा पहिचानसँगै लोकसङ्गीत जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लास्तरीय ‘अडिसन’बाट छानिएका १८ प्रतिस्पर्धीले भाग लिएका थिए ।
मुस्ताङ र मनाङबाहेक गण्डकी प्रदेशका नौ जिल्लामा ‘अडिसन’ सञ्चालन गरिएको थियो । प्रतियोगिताको निर्णायकमा गायक दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपानेलगायत रहनुभएको थियो । विश्व सङ्गीत दिवसको अवसर पारेर प्रतिष्ठानको प्रदेश कार्यसमितिले पहिलोपटक प्रदेशस्तरीय बृहत् लोकगायन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गर्नुभएको थियो ।
मृत्यु हुनेमा हरिनगर-६ कि १७ वर्षीया किशोरी अर्चना खातुन हुन् l
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालको जोन २४ अन्तर्गतका लायन्स क्लबहरूको डिस्ट्रिक गर्भनर...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्र...