रास्वपा संसदमा कालो पोशाकमा
काठमाडौँ, ६ असार-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गरेका छन् । ‘भिजिट भिसा’ प्रकरणको विषयमा संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । कार्यवाहक प्रवक्ता मनिष झाले भने : 'हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ, उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो । त्यसपछि हामी पनि निस्क्यौँ ।'
रास्वपाले बैठक बहिष्कार गरेर बाहिर आएर पत्रकार सम्मेलन गरेको थियो l सो पत्रकार सम्मेलनमा सांसद सुमन श्रेष्ठले आजको बैठकमा प्रधानमन्त्रीलाई सुनाउनका लागि विषय तयार पारिएको सामग्री पढेर सुनाएकी थिइन् । प्रधानमन्त्री देशकै अभिभावक हुने भन्दै उनले अभिभावकत्व ग्रहण गर्नु पर्ने प्रधानमन्त्रीलाई सुनाउनका लागि तयार पारिएको सामग्री बोल्न नदिइएपछि मिडिया मार्फत सार्वजनिक गर्नु परेको बताइन् ।
प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसदहरूले विरोधस्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित भएका थिए । नीलो रिबन विश्वव्यापीरूपमा मानव तस्करीको विरोधस्वरूप सङ्केत मानिन्छ । निलो रिबन लगाएर केही दिन देखि संसदमा उपस्थित भएर विरोध नाराबाजी र वेल घेराउ गरिरहेको रास्वपा आज प्रधानमन्त्रीको उपस्थिति हुने दिन कालो पोशाकमा निलो रिबन बेरेर संसदमा पुगेको थियो l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...