बागेश्वर बाबासँग होटलमा गृहमन्त्री र परराष्ट्रमन्त्रीको भेट

काठमाडौं - भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ सँग गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले भेट गरेका छन् । हिजो राति अबेर सानेपास्थित होटल भिवान्तामै पुगेर दुई मन्त्रीले बागेश्वर बाबासँग भेट गरेका हुन् ।
सुत्रका अनुसार होटलको एउटा कक्षमा शास्त्रीले मन्त्रीद्वयलाई गाेप्यरूपमा भेट दिएका थिए । गृहमन्त्रीलाई भेटका लागि राति ९ बजेको समय दिइएको थियो । मन्त्री श्रेष्ठले शास्त्रीलाई भेट्न केहीबेर प्रतिक्षासमेत गर्नुपरेको थियो l उनी राति साढे १० बजेतिर बाहिरिएका थिए ।
शास्त्रीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै छन्। प्रधानमन्त्रीसँगको भेटपछि उनी आजै नवलपरासीस्थित शाश्वत धाममा हनुमान प्रवचन दिन त्यहाँ जानेछन् । हनुमान प्रवचनको लागि शास्त्री प्रख्यात छन् l
Akabarey.com परीक्षण प्रसारणमा छ l
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...