झोले - भोजराज न्यौपाने

नसाेध्नु कमरेड !
याे झाेलामा के छ ?
कुनै ठेकेदार कमरेडले
हस्ताक्षर गरेर दिएकाे
खाली चेक छ
कि कुनै जग्गा दलालले
बाटाे पुर्याउन दिएकाे जग्गाको नक्सा ?
कि कुनै नियुक्ति,
सरुवा बढुवाका लागि दिएकाे नाम लिष्ट !
नसाेध्नु
सिर्फ मलाई झाेले भनिदिनुस् -
बदलामा तपाईंले बाेकेकाे झाेला पनि
पैसाले भरियाेस्
मैैले बाेकेकाे झाेला पनि
पैसाले भरियाेस् !
समृद्ध नेपाल संघर्षशील नेपाली आफैमा आत्म निर्भर भएको हेर्नुछ ।
तिमी ज्ञानका दीप सन्मार्ग दाता । तिमी प्रेरणा भाग्यका हौ विधाता ।।
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।