चर्चित डान्सर कविता नेपालीद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं : हजार मिटरमाथिका दुई हिमाल सगरमाथा र ल्होत्से आरोहण गरेर चर्चित डान्सर तथा अभिनेत्री कविता नेपाली काठमाडौँ फर्किएकी छन् l त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार उनलाई भव्य स्वागत र सम्मान गरिएको थियो l
कविताका परिवार, आफन्त र शुभचिन्तकले उनलाई स्वागत गरे । राष्ट्रिय झण्डा ओढाउँदै उनलाई सम्मान समेत गरिएको थियो l कविताको सफलतामा खुशी भएका उनका परिवार र आम मान्छे उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका थिए l
विमानस्थलमा कविताले संचारकर्मीसँग कुरा गर्दै आफ्नो आरोहण अनुभव सुनाएकी थिइन् । आफूसँगै गएका केही विदेशी आरोहीले ज्यान गुमाएको घटनामा दुःख व्यक्त गर्दै उनले कठिनाइको बाबजुद पनि हिमाल चढेको बताइन् । आफ्नो फोटो खिचिदिने विदेशीलाई मृत देख्नु पर्दा, सँगैको साथी मरेको देख्दा दुख लागेको कविताले सुनाएकी थिइन् l कविता भन्छिन् : 'मेरो सक्सेसको रेट ८८४८ मिटर हो l'
कविताले आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेकी गरेर आफ्नो सहास र क्षमता प्रदर्शन गरेकी छन् l साहसिक गतिविधिमा रुचि राख्ने कविता चर्चित डान्सर हुन् । उनको डेब्यु फिल्म ‘एक्लो’ अहिले कान्स फिल्म फेस्टिभलअन्तर्गतको कान्स मार्केटमा सहभागी छ । कविता दलित समुदायबाट उदाएकी प्रतिभाशाली नेपाली छोरी हुन् l
स्मरणीय : फोटो सामाजिक संजालहरूबाट साभार l
कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाकाे बराबरी मत आएको छ । उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सह...
स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पान...
अन्नपूर्ण गाउँपालिकामा फैलिएको जलजलालाई हिन्दू धर्मग्रन्थमा हम्पाल, कालञ्जर, मृगस्थलीका रूपमा ब्याख्...