संयुक्त नागरिक पार्टीको मार्ग निर्देशक सिद्धान्त 'सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र' हुने

वैकल्पिक राजनीतिक शक्ति उदयकाे घाेषणा गर्दै संयुक्त नागरिक पार्टीको विस्तारित बैठक सम्पन्न भएको छ l ०४ जेठ वैकल्पिक राजनीतिक शक्तिकाे उदय भएकाे घाेषणा गर्दै संयुक्त नागरिक पार्टीको विस्तारित बैठक काठमाडौंमा सम्पन्न भएको हो l उक्त बैठकले पार्टी भित्र देखिएको आन्तरिक असमझदारी अन्त्य गरि सांगठनिक हेरफेर तथा पुनर्गठनको समेत गरेको छ । पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपातिक, समावेशी र न्यायमूलक शासन प्रणाली स्थापनाका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माणको एक वर्षे राजनीति अभियान अघि बढाउने पनि निर्णय गरेको छ । बैठकले अध्यक्ष दलमर्दन कामीद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गर्दै “देशमा भ्रष्टाचार, विभेद र वैदेशिक हस्तक्षेप अन्त्य गरी सामाजिक न्यायमा आधारित वैकल्पिक राजनीति शक्तिको आवश्यकता औँल्याएकाे छ ।
विस्तारित बैठकद्वारा पारित राजनीतिक प्रतिवेदनले पार्टीलाई आर्थिक, वैचारिक र सांगठनिक रूपमा सुदृढ बनाउने निष्कर्ष निकाल्दै “१०+१” राज्य पुनर्संरचना र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधनको मागलाई समेत अघि सारेको छ । पार्टीका अध्यक्ष दल मर्दन कामीले बैठकलाइ सम्बोधन गर्दै भने “नेपालमा यथास्थितिवाद, भ्रष्टाचार, विभेद र वैदेशिक हस्तक्षेप रहेकाले त्यसका विरुद्ध उत्पीडित जाति/वर्ग, धार्मिक सांस्कृतिक समुदायका सचेतहरुको नेतृत्वमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गरि त्यसका विरुद्ध संघर्ष गर्नुकाे विकल्प छैन !" उनले राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक तथा न्यायमा आधारित वैकल्पिक नेतृत्व निर्माण गर्नमा देशु- विदेशका नागरिक, बुद्धिजीवी, पत्रकार र समाजसेवीहरूलाई समर्थन र सहभागिताको लागि आह्वान समेत गरेका छन् ।
विस्तारित बैठकद्वारा हेरफेर तथा पुनर्गठन गरिएकाे केन्द्रीय समिति ७१ सदस्यीय रहेकाे छ । जसमा २५ पदाधिकारी रहेका छन् भने पदाधिकारी सहित ३१ जनाकाे सचिवालय समिति पनि गठन गरिएकाे छ । जस अनुसार : (०१) अध्यक्ष : दलमर्दन कामी - सुनसरी (०२) बरिस्ठ नेता : कमलादेवी हेमचुरी - पाल्पा (०३) उपाध्यक्ष : इन्द्रबहादुर राई - उदयपुर (०४) उपाध्यक्ष : कलिराम पुर्जा - म्याग्दी (०५) उपाध्यक्ष : डा. जितबहादुर घले - गाेरखा (०६) उपाध्यक्ष : बलराम विश्वकर्मा - मकवानपुर (०७) उपाध्यक्ष : बिष्णु गुरुङ लोइस - ललितपुर (०८) उपाध्यक्ष : हुमबहादुर पुन् - बाग्लुङ्ग (०९) उपाध्यक्ष : डिल्लीबहादुर तामाङ्ग - काठमाण्डाै (१०) महासचिव : प्रेमबहादुर कार्की - रामेछाप (११) उपमहासचिव : विदुर अधिकारी - माेरङ्ग (१२) उपमहासचिव : नरेश विश्वकर्मा - सुनसरी (१३) उपमहासचिव : श्यामबहादुर राई - रौतहट (१४) उपमहासचिव : सोमबहादुर आले - ललितपुर (१५) उपमहासचिव : उपेश नौबाग - ललितपुर (१६) उपमहासचिव : निमा शेर्पा - संखुवासभा (१७) कोषाध्यक्ष : देवेन्द्रकुमार लिम्बु - तेह्रथुम (१८ ) सचिव : शशी विश्वकर्मा - सुनसरी (१९) सचिव : सृजना लामा भट्टराई - ललितपुर (२०) सचिव : शुभराज प्रजा - मकवानपुर (२१) सचिव : जीतबहादुर बिक - काठमाण्डाै (२२) सचिव : सपना महर्जन - ललितपुर (२३) सचिव : मनबहादुर कार्की - स्याङ्जा (२४) सहकोषाध्यक्ष : राम महर्जन रुवेन - ललितपुर (२५ ) सहकोषाध्यक्ष : चित्रलाल विश्वकर्मा - रुपन्देही (२६ ) सचिवालय सदस्य : राम बहादुर पाठक क्षेत्री (२७ ) सचिवालय सदस्य : देवीलाल प्रसाईं (डेविट) (२८) सचिवालय सदस्य : विनय लामा (२९) सचिवालय सदस्य : युहन्ना घले (जाेहन) (३०)सचिवालय सदस्य : शेरबहादुर चुनारा - सुर्खेत (३१)सचिवालय सदस्य : उदयबहादुर शेरपुञ्जा (गाभ्रिएल) (३२) सदस्य : सृजना गिरी (३३) सदस्य : मारिया रिजाल (३४) सदस्य : बासुदेव बास्तोला (३५) सदस्य : पदमबहादुर पुन् (३६) सदस्य : चेरुङ्ग तामाङ (३७) सदस्य : नविन साह (३८) सदस्य : रिता बि.क. (३९) सदस्य : ज्योति राई (४०) सदस्य : शुशिला वि. क. (४१) सदस्य : दिपक गिरी (४२) सदस्य : हरिकुमार घले - गाेरखा (४३) सदस्य : साइमन तामाङ (४४) सदस्य : मुरारीप्रसाद पाण्डे (४५) सदस्य : रन्जिता विश्वकर्मा (४६) सदस्य : प्रमिला मिजार (४७) सदस्य : सरिता नेपाली (४८) सदस्य : गणेश सुनार - कास्की (४९) सदस्य : नर बहादुर चन्द- (५०) सदस्य : विनोद कुमार नेपाली (५१) सदस्य : बिष्णु खड्का - रामेछाप (५२) सदस्य : जानुका भट्टराई- खोटाङ (५३) सदस्य : हेमकाजी श्रेष्ठ - काभ्रे (५४) सदस्य : आशिष वि. क (५५) सदस्य : हिङकुमार राई (सुरज) (५६) सदस्य : तेजबहादुर भुजेल (५७) सदस्य : मिरा थापा (५८) सदस्य : दिलशाेभा न्याैपाने (५९) सदस्य : रवी घले (६०) सदस्य : डी.वि. घले (६१) सदस्य : प्रमोद कुमार खड्का (६२) सदस्य : सागर बुढा (६३) सदस्य : रवि अधिकारी (६४) सदस्य : सुजन उपरकोटी (६५) सदस्य : अविन मेन्याङ्बाे (६६) सदस्य : टुकमान हिताङ्ग - अर्घाखाँची (६७) सदस्य : आइतरानी लिम्बु - तेह्रथुम (६८) सदस्य : राजु गुरुङ (६९) सदस्य : सन्त लकाजु सदस्य (७०) सदस्य : चम्फा कार्की (७१) सदस्य : नारायण तामाङ्ग रहेका छन् l
बैठकले डा. लक्ष्मीप्रसाद राईकाे नेतृत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेकाे छ । जसमा : (०१) डा.लक्ष्मीप्रसाद राई (०२) डा. ऋसि राम रिमाल (०३) डा. तेजबहादुर रोक्का (०४) डा. सुवास सुब्बा (०५) पुर्ण रसाईली (०६) जर्ज बेघा (०७) गुणबहादुर वि. क. (०८) जितबहादुर खाति (०९) आमेन थापा रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
आइतबार काठमाडौंको आम्रपाली वैंकेटमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट भण्डारी पुन: अध्यक्षमा सर्वसम...