चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले काठमाडौंको हयात होटेलको चौरमा शनिबार दिइन् प्रस्तुति

काठमाडौं: शनिबार बिहान काठमाडौँ उत्रेकी चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा प्रस्तुति दिएकी छन् । बौद्धस्थित हायात मैदानमा उनले आफ्ना हिट गीतमा नृत्य प्रस्तुति दिएकी हुन् ।
‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा फतेहीको प्रस्तुति हेर्न हायातको चौरमा हजारौं दर्शक रमाएर सहभागी बनेका थिए । ‘स्नेक’सहितका चर्चित बलिउड ट्रयाकमा नोराले कोरससहित प्रस्तुति दिएर नेपाली दर्शकहरूलाई झुमाएकी थिइन् l
च्यारिटी कार्यक्रमको उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गरिएको जानकारी दिइएको छ l
कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिएका थिए । आज आइतबार डान्सर तथा अभिनेत्री नोरा फतेहीको वापस हुने कार्यक्रम रहेको छ l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...