केआईआईटीमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रिसा साह बारे छानबिन सुरु

काठमाडौँ:केआईआईटी विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा शाह बिहीबार साँझ फेला परेकी छन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो । गत फागुन ४ मा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् । साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ। प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन् ।
भारतको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियलटेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेपछि दोषीलाई कारबाही गर्न माग गरेको छ ।
एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ । एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ ।
भारतको ओडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनाबारे छानबिन सुरु भएको जानकारी दिएको छ । स्थानीय प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी आएको र लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नर लगायतका वरिष्ठ अधिकारीहरू घटनाको कारणबारे सोधपुछ र अनुसन्धानमा जुटेको ओडिसाको मौलिक तथा जनसम्पर्क विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो ।
पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सह...
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...