आन्दोलनरत शिक्षकहरूद्वारा अभियन्ता सनोज महतमाथि कुटपिट र दुर्व्यवहार

काठमाडौं: शिक्षक आन्दोलनमा अभिभावकलाई आन्दोलनकारी शिक्षकहरूले हातपात र कुटपिट गरेका छन् ।ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक एवम् सामाजिक अभियन्ता सनोज महतमाथि बिजुली बजारको आर्कब्रिज नजिक सडकमा हातपात र दुर्व्यवहार गरेका छन् । उनी आन्दोलनमा असहमति व्यक्त गर्दै शिक्षकहरूलाई कार्यस्थल फर्कनु पर्ने भन्दै शिक्षकहरूको प्रदर्शन स्थल पुगेका थिए ।
शिक्षकहरूले भने उनी घुसपेठ गर्न आएको र प्रहरी भन्दै बाहिर निकाल्न कोसिस गर्दै हातपात गरेका छन् ।महतले भने आफ्नो छोरीको भर्ना हुन नपाएपछि म सडकमा आएको र असहमति राखेका थिए l आफ्नी छोरीको भर्ना नभएपछि बाध्य भएर शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गर्न आएको सनोजको तर्क छ ।
‘मेरो बच्चा सरकारी स्कुलमा पढ्छ, बन्द गरेर मेरो बच्चाको भविष्य वर्वाद गर्न पाइँदैन’, उनले भने, ‘जुन विद्यालयमा मेरो छोरी पढ्छ । त्यो विद्यालय गोदावरीकोे नं. १ विद्यालय हो । तर यसापालि डीएलईमा ३९ जनामा जम्मा ६ जना मात्रै पास भएका छन् । मेरो लागि सरकार शिक्षक पनि हो । मेरो लागि शिक्षक सरकार पनि हो । तपाईंहरुले आन्दोलनको स्वरुप फेर्नुपर्छ । तपाईंहरूले विद्यार्थी नपढाएर, सडकमा भेला भएर नाचेर बस्न पाइन्नँ ।’ सनोजले भनेका थिए l
।
महतले भने आज आफू एकजना आएको भोलिदेखि अरू अभिभावक पनि आउने बताए । उनलाई शिक्षकहरूले बाहिर जान भनेपनि गएनन् । उनले आफूलाई जे जे गर्न मन छ गर्नु भन्दै त्यहीँ सडकमा धर्ना बसेका थिए ।
‘मलाई हान्नुस् । हान्नुस् भनेरै म यहाँ आएको हुँ’, भन्दै उनी सडकमा बसे । उता भिडबाट भने कसैले पनि हातपात नगर्न भन्दै आवाज पनि आइरहेको थियो । भिडमा अराजक स्वर र हातपात नगर्नु होला भन्ने दुवै स्वर आएको थियो l तथापि उनीमाथि हातपात लछारपछार गरिएको थियो l
‘अभभिावकको हैसियतमा म आजदेखि आन्दोलनमा सरिक भएँ । म यो देशको अभिभावकको हैसियतमा आन्दोलनमा सहभागी भएको हुँ मलाई जे गर्नु छ गर्नुस महतले भनेका थिए l ‘म अभिभावक हुँ, विद्यार्थीहरू लाई मर्का पर्यो । शिक्षकहरूलाई विद्यालय फर्कनुस् भन्न आएको हो’, उनले भने ।
प्रहरीले उनलाई भीडबाट बाहिर लैजाँदै गर्दा शिक्षकहरूको एक समूहले उनीमाथि हातपात र कुटपिट गरेका छन् l प्रहरीले महतलाई आन्दोलनकारीको भीडबाट छुटाएर लगेको छ l महत सामाजिक अभियन्ता राजनीतिक अभियन्ताको नाममा चिनिएका पात्र हुन् l
कक्षा कोठाभित्रको शिक्षण विधि कसरी प्रभावकारी बनाउन सकिन्छ" भन्ने सम्बन्धमा शिक्षा मन्त्रालयका अधिकृ...
सामुदायिक विद्यालयतर्फ उक्त विद्यालयको एसईईमा नतिजा उदाहरणीय छ l
एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थ...