योगी नरहरिनाथ अध्ययन केन्द्रको नयाँ कार्यसमिति गठन

काठमाडौं-योगी नरहरिनाथ अध्ययन केन्द्रले नयाँ कार्यसमिति गठन गरेको छ । अध्ययन केन्द्रले नयाँ कार्यसमितिको शनिवार र बिहान १० बजे ॐ वासुकी चौर गोरक्ष पिठ योगी नरहरिनाथ योग तथा राष्ट्रिय चिन्तन प्रतिष्ठानको भवनमा पहिलो कार्यसमिति चयनको लागि पहिलो साधारणसभा सम्पन्न गरेको छ ।
यस साधारणसभाबाट नयाँ कार्यसमितिको अध्यक्षमा गोविन्द विष्ट चयन हुनुभएको छ भने उपाध्यक्षमा बसन्त भण्डारी, महासचिवमा तपेन्द्र बोहरा र कोषाध्यक्षमा संगिता सहकारीलाई सर्वसहमतले चयन गरेको छ । दुई वर्ष कार्यकालको लागि निर्वाचित सदस्यहरू जागृत शाही, मेनुका भुल, भीम विष्ट, सरिस्मा घिमिरे, आर्सी ढकाल, बसन्त शाही र सिर्जना मैनाली निर्विरोध चयन भएका छन । योगी नरहरिनाथ अध्ययन केन्द्र वि.स.२०७८ साल बैशाख १ गते गोविन्द विष्टको अध्यक्षतामा बैठक बसेर सुरु गरेको संस्था वि.स. २०८१ फाल्गुन ११ गते राष्ट्रगुरु योगी नरहरिनाथको तिथिको जन्मदिन पारेर जिल्ला प्रशासन कार्यलय काठमाडौमा दर्ता गरि यस संस्थाको पहिलो साधारणसभा सम्पन्न गरेको छ । यस संस्थाको सुरुवात योगी जन्मेको गाउँका युवा विद्यार्थीहरू ले सुरु गरेका थिए भने अहिले देशै भरअगाडि बढेको छ ।
पहिलो साधारणसभाको प्रमुख अतिथि डा.भोला रिजालको हातबाट टीका ग्रहण गरि योगीको योगदानको बारेमा हाम्रो पुस्ताले धेरै बुझ्न नसके पनि पछिल्लो पुस्ताले यसरी उहाँप्रति जागेको देख्दा असाध्यै खुसी भएको बताउनु भयो । नरहरिनाथ गाउँपालिका बाट वडा नम्बर ९ र वडा नम्बर ४ का वडा अध्यक्ष सहभागी भइ स्थानीय तहको पाठ्यक्रममा योगीको योगदानलाई चिनाउने गरी समावेश गराउन आफूहरूले पहल गर्ने बताउँदै गुरु लाई विश्व भर चिनाउन पालिका लागेको वडा अध्यक्षले बताउनु भएको थियो । नयाँ समितिले आगामी वर्षका लागि आफ्नो कार्यपत्र पनि प्रस्तुत गरेको छ ।
यस संस्थाले राष्ट्रगुरु योगी नरहरिनाथको योगदानलाई जीवन्त राख्ने प्रमुख उदेश्य राखेको छ भने सँगसँगै नयाँ पुस्तालाई आफ्नो देश, आफ्नो मौलिकता र आफ्नो संस्कृति सम्बन्धि अध्ययनमा रुचि जगाउन यस संस्थाको लक्ष्य रहेको नवनिर्वाचित अध्यक्ष गोविन्द विष्टले बताउनु भयो ।उक्त दिनको कार्यक्रम संचालन भीम विष्टले गर्नु भएको थियो ।
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...