रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक,महाधिवेशनबारे औपचारिक निर्णय हुने
काठमाडौँ-वैशाखको अन्तिम साता तोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबारे औपचारिक निर्णय गर्न बिहीबार केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आव्हानमा बिहीबार बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी प्राप्त भएको छ ।
बैठकका एजेन्डाहरू
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका एजेन्डा चारवटा रहेको सो पार्टीले जनाएको छ । जसअनुसार अघिल्लो बैठकको निर्णयसहितको पार्टी गतिविधिमा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्ने पहिलो एजेन्डा रहेको छ । दोस्रो एजेण्डामा महाधिवेशन कार्य विवरणका सम्बन्धमा रहेको छ ।
रास्वपाले यसअघि वैशाख २५ देखि २७ सम्म पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । तर सभापति रवि लामिछाने सहकारी मुद्दामा थुनामा पुगेपछि महाधिवेशन तोकिएको मितिमा नहुने निश्चितजस्तै भैसकेको छ । यसअघि बसेको सचिवालय बैठकमा समेत वैशाखको महाधिवेशन सार्ने कि हाललाई स्थगन मात्र गर्ने भन्नेबारेमा छलफल भएको थियो । उक्त छलफलमा औपचारिक निर्णय केन्द्रीय समिति बाटै गर्न उपयुक्त हुने र त्यसको स्वीकार्यता फराकिलो हुने भन्दै केन्द्रीय समिति बैठक आह्नवान गरिएको हो ।
महाधिवेशनबाहेक केन्द्रीय समिति बैठकमा विशेष रिपोर्टिङ (जनयात्रा कार्यक्रम, ब्लु प्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरण) र विविध विषयमा छलफल चल्ने रास्वपाका नेताहरूले जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...