रास्वपा सभापति लामिछानेलाई भैरहवा पठाइयो, सोमबार कारागार चलान गरिने
काठमाडौँ-सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा एक रात राखेर शनिबार बिहान भैरहवा पठाएइएको छ । रवि लामिछानेलाई यती एयरलाइन्सको विमानबाट भैरहवा पुर्याइएको हो । उनलाई आज जिल्ला प्रहरी कार्यालयमा राखेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार लामिछानेलाई सोमबार अदालत खुलेपछि कारागार पठाइने छ l
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । शुक्रवार राति नै बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित निवासबाट लामिछाने पक्राउ परेका हुन् l आफू पक्राउ परेर निस्कन लाग्दा श्रीमती निकिता लामिछानेलाई धैर्य गर्न सम्झाउँदै रविले भनेका थिए : भगवान छन् न्यायप्रेमी जनता छन् l केही समयको परीक्षा हो l कसैसँग शिर नझुकाउनु l '
रास्वपा सभापतिको पक्राउको हतारो विधि प्रक्रियाबारे रास्वपा नेताकार्यकर्ताले चौतर्फी विरोध गरेका छन् l आज सभापति लामिछानेले चितवनमा सभा राखेका थिए l
स्मरणीय : फाइल फोटो प्रयोग गरिएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...