रास्वपा सभापति लामिछानेलाई भैरहवा पठाइयो, सोमबार कारागार चलान गरिने

काठमाडौँ-सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा एक रात राखेर शनिबार बिहान भैरहवा पठाएइएको छ । रवि लामिछानेलाई यती एयरलाइन्सको विमानबाट भैरहवा पुर्याइएको हो । उनलाई आज जिल्ला प्रहरी कार्यालयमा राखेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार लामिछानेलाई सोमबार अदालत खुलेपछि कारागार पठाइने छ l
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । शुक्रवार राति नै बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित निवासबाट लामिछाने पक्राउ परेका हुन् l आफू पक्राउ परेर निस्कन लाग्दा श्रीमती निकिता लामिछानेलाई धैर्य गर्न सम्झाउँदै रविले भनेका थिए : भगवान छन् न्यायप्रेमी जनता छन् l केही समयको परीक्षा हो l कसैसँग शिर नझुकाउनु l '
रास्वपा सभापतिको पक्राउको हतारो विधि प्रक्रियाबारे रास्वपा नेताकार्यकर्ताले चौतर्फी विरोध गरेका छन् l आज सभापति लामिछानेले चितवनमा सभा राखेका थिए l
स्मरणीय : फाइल फोटो प्रयोग गरिएको छ l
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...