काठमाडौँको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु स्थगनको सूचना
काठमाडौँ, चैत १६-जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश स्थगन गरेको सार्वजनिक सूचना दिएको छ l काठमाडौँ प्रशासनले शुक्रबार काठमाडौँको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगनको सार्वजनिक सूचना प्राप्त भएको छ l
शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो । स्थिति सहज भइनसकेकाले आदेश लम्ब्याइएको थियो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म लगाइएको कर्फ्यु स्थगन गरिएको प्रशासन कार्यालयले एक सूचना सार्वजनिक गरिएको छ l
जिल्ला प्रशासन कार्यालय काठमाडौँको कर्फ्यु स्थगनको आदेश :
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l