मेयरमा पराजित उमेद्वार सङ्घीय सरकारमा मन्त्री

जनमत पार्टीबाट प्रतिनिधित्व गर्ने अनितादेवी शाह सङ्घीय मामिला तथा सामान्य मन्त्री बनेर राष्ट्रपति रामचन्द्र पौडेल सामु शपथ ग्रहण गरेकी छन् l
को हुन् अनितादेवी ?
अनिता साह किसान आन्दोलनको अग्रमोर्चा सम्हालेकी निडर नेत्तृको रूपमा जनमत वृतमा परिचित छन् l उनकै नेत्तृत्वमा धनुषाको पोर्ताहामा आन्दोलन हुँदा प्रहरीले गोली चलाएका थिए र सो गोली लागेर उनको श्रीमान्का साथै अन्य चार जना कार्यकर्ताहरू घाइते भएका थिए।उनलाई पछि पटक-पटक घेरा हालेर प्रहरीले कुटपिट समेत गरेका थिए। सो आन्दोलनबाट पार्टीमा प्रवेश गरेकी शाहलाई जनमत पार्टीले धनुषा जिल्लाको इन्चार्ज बनाएको थियो l उनले पार्टीलाई वडा-वडासम्म अधिवेशन गराएर पार्टी विस्तार गर्न पनि प्रमुख भूमिका निर्वाह गरेकी थिइन् l जनकपुरमा भएको जनमत पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्ष भएर भूमिका निर्वाह गरेकी शाह हाल जनमत पार्टीको राष्ट्रिय सचिव हुन् l संसदीय दलको प्रमुख सचेतक समेत रहेकी शाह पपुलेशन विषयकी स्नातक हुन् l समाज सेवा र गैर सरकारी संस्थामा सक्रिय शाह पूर्वमन्त्री सन्जय शाहकी बहिनी समेत हुन् l
गत वर्ष २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयरमा प्रतिष्पर्धा गरेर १४३७ मत प्राप्त गर्दै सातौ भएकी शाह गत संसद्को चुनावमा समानुपातिकबाट सांसद बनेकी हुन् l
(akabarey.com परीक्षण प्रसारणमा छ l )
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...