मेयरमा पराजित उमेद्वार सङ्घीय सरकारमा मन्त्री
जनमत पार्टीबाट प्रतिनिधित्व गर्ने अनितादेवी शाह सङ्घीय मामिला तथा सामान्य मन्त्री बनेर राष्ट्रपति रामचन्द्र पौडेल सामु शपथ ग्रहण गरेकी छन् l
को हुन् अनितादेवी ?
अनिता साह किसान आन्दोलनको अग्रमोर्चा सम्हालेकी निडर नेत्तृको रूपमा जनमत वृतमा परिचित छन् l उनकै नेत्तृत्वमा धनुषाको पोर्ताहामा आन्दोलन हुँदा प्रहरीले गोली चलाएका थिए र सो गोली लागेर उनको श्रीमान्का साथै अन्य चार जना कार्यकर्ताहरू घाइते भएका थिए।उनलाई पछि पटक-पटक घेरा हालेर प्रहरीले कुटपिट समेत गरेका थिए। सो आन्दोलनबाट पार्टीमा प्रवेश गरेकी शाहलाई जनमत पार्टीले धनुषा जिल्लाको इन्चार्ज बनाएको थियो l उनले पार्टीलाई वडा-वडासम्म अधिवेशन गराएर पार्टी विस्तार गर्न पनि प्रमुख भूमिका निर्वाह गरेकी थिइन् l जनकपुरमा भएको जनमत पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्ष भएर भूमिका निर्वाह गरेकी शाह हाल जनमत पार्टीको राष्ट्रिय सचिव हुन् l संसदीय दलको प्रमुख सचेतक समेत रहेकी शाह पपुलेशन विषयकी स्नातक हुन् l समाज सेवा र गैर सरकारी संस्थामा सक्रिय शाह पूर्वमन्त्री सन्जय शाहकी बहिनी समेत हुन् l
गत वर्ष २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयरमा प्रतिष्पर्धा गरेर १४३७ मत प्राप्त गर्दै सातौ भएकी शाह गत संसद्को चुनावमा समानुपातिकबाट सांसद बनेकी हुन् l
(akabarey.com परीक्षण प्रसारणमा छ l )
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...