श्रीलंकाका लागि राजदूत पूर्णबहादुर नेपालीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ-श्रीलंकाका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको कोलोम्बोस्थित नेपाली राजदूतावासले जनाएको छ ।
त्यस अवसरमा राजदूत नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट श्रीलंकाली राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका जनताको निरन्तर शान्ति एवं प्रगतिको कामना गरेका थिए।
राजदूत नेपालीलाई स्वागत गर्दै राष्ट्रपति दिसानायकेले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको शान्ति एवं समृद्धिको कामना गरेका थिए। त्यस अवसरमा श्रीलंकाका विदेशमन्त्री, राष्ट्रपति कार्यालयका सचिव, राजदूतकी धर्मपत्नी, राष्ट्रपतिको कार्यालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरिसकेपछि राजदूत नेपालीले आफूलाई उक्त जिम्मेवारी प्रदान गरेकामा नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गर्दै दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने गरी काम गर्ने विश्वास व्यक्त गरेका थिए l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...