अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु (एमाले अखिल ) प्यानलै विजयी
काठमाडौं-अमृत साइन्स क्याम्पस (अस्कल) मा अनेरास्ववियुले निकटतम प्रतिस्पर्धी क्रान्तिकारीलाई पराजित गर्दै आफ्नो विरासत फिर्ता लिएको छ ।
आइतबार चैत्र १० मा भएको स्ववियू निर्वाचनको अन्तिम मतगणनामा अनेरास्वयुको प्यानलैले विजय हासिल गरेको छ । यसअघिको निर्वाचनमा क्रान्तिकारीले नेतृत्व जित्दा रुद्रहरि पोखरेल सचिवमा निर्वाचित भएका थिए ।
रुद्रहरि पोखरेलले आफ्नो नेतृत्व सम्पूर्ण प्यानल सहित विजय भएको छ l २०५३ मा वर्तमान स्वास्थ्य मन्त्री रहेका प्रदीप पौडेलले नेबिसंघको तर्फबाट पहिलो पटक स्ववियु चुनाव जितेका थिए । अनेरास्ववियुको विरासत रहेको अस्कल क्याम्पस एमाले अखिलको किल्लाको रूपमा परिचित छ l
अनेरास्ववियुले निरन्तर जित्दै आएकोमा गत निर्वाचनमा क्रान्तिकारीले जितेको थियो ।
हालसम्म त्रिविका ४२ वटा आंगिक क्याम्पसमा निर्वाचन सकिएको छ । जसमध्ये नेविसंघले १५ वटा, अनेरास्ववियुले १३, अखिल क्रान्तिकारीले ८, स्वतन्त्रले ५ सभापति जितेका छन् भने एउटामा जसपानिकट विद्यार्थी निर्वाचित बनेका छन् ।
अस्कल क्याम्पसमा विद्यार्थी सङ्घ सङ्गठनले पाएको मत
अनेरास्ववियु
सभापति – रुद्रहरी पोखरेल ६८९
सचिव – गोपाल शाही ६३५
कोषाध्यक्ष – विवेक कोइराला ७२७
नेविसंघ
सभापति – राजु लामिछाने १५७
सचिव – प्रशान्त भट्ट ३४३
कोषाध्यक्ष – सविता महर्जन २८८
अखिल क्रान्तिकारी
सभापति – बिश्राम शर्मा ३६३
सचिव – भोजराज खड्का२३२
कोषाध्यक्ष – अरुणा विश्वकर्मा २४८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...