राससका पूर्वअध्यक्ष माथवरसिंह बस्नेतको निधन

भक्तपुर, ९ चैत : राससका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उहाँको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ । गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक हुनुहुन्थ्यो । हाल उहाँ गणेशमान सिंह स्मृति बाटिकाका समेत अध्यक्ष हुनुहुन्थ्यो ।
पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय रहनुभएका बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिनुभएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो । उहाँ २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि जेल मुक्त हुनुभएको थियो । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...