दलित समुदायका पूर्णिमा र प्रजिना पदमकन्या कलेजको स्ववियु सभापतिमा प्रतिस्पर्धी

काठमाडौँ-पदमकन्या क्याम्पसमा विवादका कारण रोकिएको स्ववियु निर्वाचन आज चित्र ७ गते हुँदैछ l देशको पुरानो र धेरै महिला विद्यार्थी पढ्ने पदमकन्याको चुनाव बारे आम चासो र चर्चा पाइन्छ l यही चर्चा र चासोलाई हामीले चुनावी विश्लेषणको लागि राखेका छौं l
पदमकन्या क्याम्पसमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने दुई युवतीहरू पनि स्ववियु सभापतिको प्रतिस्पर्धामा उत्रेका छन् l
नेपाली कांग्रेसको भातृ सङ्घ नेविसंघबाट पूर्णिमा (पूर्णिमाया) सभापतिको लागि खडा भएकी छन् l त्यसैगरी नेकपा समाजवादी अखिलको तर्फबाट प्रजिना दर्नाल सभापतिमा भिड्दै छन् l जहाँ अखिल क्रान्तिकारीको तर्फबाट रविना सथ शङ्कर अध्यक्षमा उमेद्वार छन् l नेविसंघ कै वागी बनेर भूपेश्वरी एरले उमेद्वारी दर्ता गराएकी छन् l
टिम दर्नाल
सभापतिकी उम्मेदवार दर्नालको टिममा सचिवमा अरुणा गौतम, कोषाध्यक्षमा आयुष्मा पण्डित क्षेत्री, प्रत्यक्ष सदस्यहरूमा भूमिका चुनारा, अनुपमा आचार्य, कजिना ढकाल, प्रियंका नापित, सर्मिला कुमारी बुढा, समानुपातिक सदस्यहरूमा प्रेमिता बानियाँ, सल्मा महर्जन, एलिना आचार्य, बबिता बिष्ट, रुपा नेपाली र श्रीया अधिकारी रहेका छन् ।
टिम परियार
सभापतिकी उम्मेदवार परियारको टिममा सचिवमा बिपना न्यौपाने, कोषाध्यक्षमा चाँदनी शाह र प्रत्यक्ष सदस्यहरूमा अन्जली श्रेष्ठ,निष्ठा न्यौपाने, प्रतीक्षा महरा, तृष्णा बुढाथोकी, निकिता खड्का, पार्वती बनियाँ शिखा शाह र स्नेहा सुमन झा रहेका छन् l समानुपातिक सदस्यहरूमा सुप्रिया निरौला, रोजिना विष्ट, रिया बस्नेत,स्मृति सुवेदी,पूर्णिमा पोख्रेल, हृदया मल्ल, दीपशिखा सिंह, सिन्ड्रेला परियार,सोनु श्रेष्ठ र सुमिरा पौडेल छन् l
नेपाल विद्यार्थी सङ्घको गढको रूपमा परिचित पदमकन्या कलेजमा शशि श्रेष्ठ अनेरास्ववियुको तर्फबाट २०३८ मा विजयी भए बाहेक सबै चुनाव नेविसंघले जितेको छ l
दलित समुदायका तर्फबाट उमेद्वारी दर्ता गराएका यी दुई मध्ये एकले बाजी मार्छन् कि अर्कै कोही विजयी बनेर आउने हो परिणाम जान्न भोलि पर्खनु पर्ला l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...
पार्टीले "सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र" लाई मार्गदर्शक सिद्धान्तको रूपमा लिँदै पूर्ण समानुपात...