राप्रपा धमिलो पानीमा माछा मार्न आएको हो,म गोठालोसँग सङ्गत गर्दिन,राजाको सङ्गत गर्छु-दुर्गा प्रसाई
काठमाडौँ- मंगलबार पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईंले हिजो राप्रपाले फ्रड काम गरेकै कारण राजसंस्था गएको आरोप लगाएका छन् । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔ महाअभियान र राजा फर्काउने अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको बताएका छन् l
‘हिजो सबैभन्दा ठुलो दोष, सबैभन्दा फ्रड काम गरेको राप्रपाले हो’, प्रसाईंले भने, ‘२०७२ असोज मा कमल थापा र राजेन्द्र लिङ्देनले साइन गरेको थिएन भने न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो ।’प्रसाईंले राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको बताए ।
‘धमिलो पानीमा माछा मार्नलाई ..। ए हामीले गरेको ?, नगरपालिकामा गयो अनि पैसा तिरेको ? चैत १ बाट आन्दोलन सुरु गरिहालौँ, दुर्गा प्रसाईं आउनुपर्यो हामीसँग मिल्नुपर्यो रे !’, प्रसाईंको भनाइ छ ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले चलाएको आन्दोलनमा सारथिको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले राप्रपाले गणतन्त्रको भोज खाएर राप्रपाले राजसंस्थाको रक्षा गर्न नसक्ने समेत बताए ।
‘गणतन्त्रमा जाने भोज खाने खड्गप्रसाद ओलीसँग फोन गर्ने, अनि माहौल बन्यो भने परिहाल्छ कि भनेर त्यो गर्ने’, प्रसाईंले भने ।
‘राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईंले यो लडाइँमा सारथि भएर रथ हाँक्नुस्,म अर्जुनको भूमिकामा बाण चलाउँछु’, पूर्वराजालाई प्रसाईंले सुझाव दिए ।
आफू पाँच हजार जनालाई रोजगारी दिएको र त्यसमा पानी भाइस चान्सलर पोफेसर र डाक्टर सिए एकाउन्टेनलगायतलाई रोजगारी दिने रोजगारदाता रहेको कारण म सङ्गत गर्दा राजाको गर्छु,गोठालाको गर्दिन l आन्दोलन गर्दा राजासँग मिलेर गर्छु l सडकमा उसै नाटक गर्न जान्न प्रसाईले भने l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...