डा.केसीको नेतृत्वमा अमेरिकी दूतावास नजिकै प्रदर्शन
काठमाडौँ, फागुन २६ -अभियन्ता प्रा.डा.गोविन्द केसीको नेतृत्वमा आज अमेरिकी राजदूतावास नजिकै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालै लिएका निर्णयहरूप्रति पुनर्विचारको मागसहित प्रदर्शन भएको छ l
ट्रम्प प्रशासनको नीतिले मानवीय पक्ष नहेरेको डा. केसीको ठहर छ l
डा. केसीसहितका प्रदर्शनकारीले विभिन्न नारा र माग लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । ट्रम्प प्रशासनका निर्णयमा पुनर्विचार गर्न ट्रम्प प्रशासन र अमेरिकी नागरिकहरूमा डा.केसीसहितले अनुरोध गरेका छन् l
अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अरू देशलाई दिँदै आएको सहायतामा कटौती गरेका थिए ।
संयुक्त राज्य अमेरिकाको डोनाल्ड ट्रम्पको प्रशासनले हालै लिएका कदमहरूले नेपाललगायत संसारका विभिन्न देश तथा त्यहाँका नागरिकहरूलाई जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा पारेको नकारात्मक असर; पश्चिम एसियाको गाजा पट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले ल्याएको भू-राजनीतिमा अस्थिरता र अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि खिल्ली उडाउने कार्य; तथा अनाहकमा गत तीन वर्षदेखि रुसले छेडेको युद्ध बेहोरिरहेको युक्रेनले पाइरहेको अमेरिकी सहयोग भर्खरै ट्रम्प सरकारले पूर्णरूपमा रोकेर युक्रेनलगायत अन्य छिमेकी राष्ट्रहरुको अस्तित्व थप खतरामा पारेको बारेमा अमेरिकी प्रशासन तथा त्यहाँका नागरिकहरूको ध्यानाकर्षण गराउन तथा त्यसमा पुनर्विचार गर्न आग्रह गर्दै यस अघि गत फागुन ६ गते पनि केसीको अगुवाईमा प्रदर्शन गरिएको थियो l
'प्रजातान्त्रिक दाबी गर्ने मुलुकले सही र मानवीय आवाज एक जनाको मात्र भए पनि सुन्नुपर्छ l हामीले मानवीय प्रश्न र उत्तरदायी बन्न सङ्केत गरेका हौँ l मानवीयताको पक्ष भिडमा होइन यसको गुणमा प्रतिबिम्बित हुन्छ l' केसीले प्रदर्शन गर्नुको आफ्नो उदेश्य स्पष्ट पार्दै अकबरे डट कमका प्रतिनिधिसँग भने l
उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न अहिले भर्खर आदेश दिएको हो ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...