महावीर पुनले पाएको उपहार सुनका गहना

वैज्ञानिक डा.महावीर पुन आफ्नो आत्मकथाको पुस्तक बेच्दै देश दौडाहामा छन् l उनी बिरगंजको कृषि औजार कारखानालाई सहयोग जुटाउन आफ्नो पुस्तक बेच्दै हिंडेका छन् l यसरी पुस्तक बेच्दै हिंडदा आज एक दाताले सुनको गहना दिएको र सहयोग बारे उल्लेख नगर्न दाताले नाम र अनुहार देखाउन नचाहेको तर सहयोग गरेको दृष्टान्त उनले आफ्नो फेस बुक पेजमा यसरी शेयर गरेका छन् l आजकल दाता र समाजसेवी सानो सहयोगमा ठुलो डंका पिटाउँछन् तर सच्चा सहयोगी र उदार दिलका मान्छेहरू मानले सहयोग गर्छन् र प्रचारको झिलिमिली बखान चाहँदैनन् तसर्थ akabarey.com ले महावीर पुनको उक्त फेसबुकमा रहेको विषयलाई समाचार बनाएको छ l पुनको फेसबुकमा रहेको स्टाटस जस्ताको त्यस्तै:
सुनको गहना उपहार - आज भेडेटार बाट धरान झरेर बजार भन्दा अलि बाहिर एउटा टोलमा किताब बेच्दै जाँदा एक जना बहिनी दौडदैं आएर तल फोटोमा देखाएको सुनको गहना दिईन। मैले लिन मानिन । तर उनले बीरगञ्जको कृषि औजार कारखानालाई सहयोग हो दाजु र यो मेरो आफ्नै गहना हो भने पछि नलिइ भएन। मैले उनको घर हेरें । टिनले छाएको र इट्टाको गारो भएको सानो घर थियो। उनले फोटो खिच्न मानिनन् र नाम उल्लेख नगर्ने भनिन। उनको उमेर ३५ वर्ष जति थियो । उनको थर राई रहेछ ।
धरान बजारमा आएर सुन पसलमा गएर जोख्न लगाएँ । त्यो गहना ६ आनाको रहेछ र मुल्य करिब ६२ हजार रुपैयाँ पर्ने रहेछ। ति बहिनीले बीरगञ्ज कृषि औजार कारखानाको धेरै भिडियोहरु युट्युबमा हेरे की रहिछन ।
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...