ट्रम्प प्रशासनका निर्णय पुनर्विचारको माग गर्दै डा. केसीको नेतृत्वमा अमेरिकी दूतावास नजिकै प्रदर्शन

काठमाडौँ-अभियन्ता प्रा.डा.गोविन्द केसीको नेतृत्वमा आज अमेरिकी राजदूतावास नजिकै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालै लिएका निर्णयहरूप्रति पुनर्विचारको मागसहित प्रदर्शन भएको छ l उनको नीतिले मानवीय पक्ष नहेरेको डा. केसीको ठहर छ l
डा. केसीसहितका प्रदर्शनकारीले विभिन्न नारा र माग लेखिएका प्लेकार्ड बोकेर काठमाडौंस्थित अमेरिकी दूतावासनजिकै प्रदर्शन गरेका हुन् । ट्रम्प प्रशासनका निर्णयमा पुनर्विचार गर्न ट्रम्प प्रशासन र अमेरिकी नागरिकहरूमा डा.केसीसहितले अनुरोध गरेका छन् l
अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अरू देशलाई दिँदै आएको सहायतामा कटौती गरेका थिए । यति थोरै मान्छे र यस्तो प्रदर्शनले अमेरिकाले सुन्छ त भन्ने प्रश्न केसीको जबाफ छ : 'प्रजातान्त्रिक दावी गर्ने मुलुकले सही र मानवीय आवाज एक जनाको मात्र भए पनि सुन्नुपर्छ l हामीले मानवीय प्रश्न र उत्तरदायी बन्न सङ्केत गरेका हौँ l मानवीयताको पक्ष भिडमा होइन यसको गुणमा प्रतिबिम्बित हुन्छ l' केसीले प्रदर्शन गर्नुको आफ्नो उदेश्य स्पष्ट पारे l
फोटो: सोलिडारिटी फर डाक्टर केसी अलायन्स l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...