एलिनाले सम्बन्ध विच्छेदपछि पनि 'प्रिय विष्णु' सम्बोधन गर्दै पूर्वपतिलाई लेखिन चिठी

काठमाडौँ- एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद भैसकेको जनाउदिँदै स्टाटस ( चिठी लेखेकी छन् l एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको बुझिएको छ l
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरूको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन । एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन् । त्यही भएर डिभोर्स प्रक्रिया छिटो भएको हो । हाल अष्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए ।
गायिका एलिना चौहानले आजबाट पति विष्णु सापकोटासँग आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताउँदै लेखेकी छन् :
'प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानूनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,' पत्नीका अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै-धेरै शुभकामना
प्रिय बिष्णु'!
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रङ्गिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिन-छिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवान्लाई मात्र थाहा छ।'
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...