गृहमन्त्री लेखक जातीय हिंसाका मतियार बनेको भन्दै राजिनामा दिन खगेन्द्र सुनारको माग

काठमाडौं, माघ २३-'दलितका लागि दलित अभियान' आफ्लेना लागि आफैले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेको छ ।
गृहमन्त्री लेखकै निर्देशनमा अन्तर्जातीय प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले पटक-पटक पक्राउ गरी थुनामा राखेको समाचार सार्वजनिक भएको विषयलाई लिएर दलितका लागि दलित अभियान आन्दोलित र आक्रोशित भएको हो l
माइतीघर मण्डलामा सत्येन्द्रकुमार राममाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्व विरोध प्रदर्शन गर्दै अभियानले 'दलित हिंसा गर्ने गृहमन्त्री राजीनामा दे, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर, जातीय हिंसा गर्ने गृहमन्त्री मुर्दावाद' जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए l शरीरभरी हतकडी र नेल सहित प्रदर्शनमा उत्रेका सुनार आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए l
सुनारले अब कांग्रेस पार्टी कार्यालय, दलित आयोगमा धर्ना दिने जानकारी गराएका छन् l
अन्तर्जातीय विवाह छुटाउनकै लागि गृहमन्त्रीकै निर्देशनमा यातना दिइएको आरोप लगाइएको छ l तर, गृहमन्त्री लेखकले भने त्यसमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । दलित अभियन्ताहरूले गृहमन्त्रीको आफ्नो संलग्नता नरहेको कुरामा विरोध जनाएका छन् l
बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो l
सीमान्तकृत वर्गअन्तर्गत बोटेमाझीका २० घरलाई प्रतिपरिवार रु ५० हजार र सत्यवतीमा दलित समुदायका २२ परिव...
मलाई विभेद गर्दा सुन्ने स्टाफले अहिले पनि हामीले सुनेनौँ भन्नुहुन्छ । विभेदको पीडा भोग्नेलाई मात्र थ...