ओली पिता तुल्य, प्रचण्ड बैगुनी : सांसद सुनिल शर्मा

२६ साउन, काठमाडौं । जिल्ला अदालत, काठमाडौंको आदेशपछि नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा रिहा भएका छन् ।शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सांसद शर्मालाई बिहीबार बिहान पक्राउ गरेको थियो । उनलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गएको थियो ।
तर न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दियो ।अदालतको आदेशपछि थुनामुक्त भएका सांसद शर्माले प्रधानमन्त्रीको आलोचना गरेका छन् । प्रधानमन्त्रीकै निर्देशनमा आफूलाई पक्राउ गरिएको भन्दै उनले भने, ‘त्यतिसारो बैगुनी हुनुहुँदैन ।’आफूसहित महेश्वर दाहाल, शेखर कोइराला, कृष्णसेन इच्छुक, मनोजजंग थापा लगायतका मानिसहरू नभएको भए प्रचण्ड अहिले पनि जंगलमै हुने भन्दै उनले भने, ‘पहिलो वार्ता गराउने हामी हौँ । टेलिफोन नम्बर कति हो उहाँले बिर्सनुभयो होला, मलाई अहिले पनि याद छ ।’ उनले आफ्ना पितातुल्य केपी ओलीलाई धन्यवाद सहित केपी ओली जिन्दावाद पनि भन्न भ्याए l आफू सबैको स्वीकार्य नेता र सांसद बनेको र आफ्नो बाटोमा संसद हिंडेको तर्क पनि गरे l तर प्रचण्डलाई भने वैगुनिको संज्ञा दिए l
‘हामीले लगाएको गुनको पैंचो उहाँले हत्कडी लगाएर दिनुभएको छ । उहाँलाई विशेष धन्यवाद भन्न चाहन्छु । यो पावरको उन्माद हो’, उनले अघि भने ।उपार्टीका नेताहरूलाई माओवादीसँगको गठबन्धनबारे पुनर्विचार गर्न समेत आग्रह गरेका छन् ।
सांसद शर्माले गठबन्धनको भविष्यबारे पनि प्रश्न गर्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामाको आफ्नो पूर्ववत अडान कायम राखे l हिरासत जाँदा पनि कुनै प्रतियोगिता विजित झैँ आत्मविश्वास देखाएका शर्माको रिहाइको स्वागत पनि सामान्य थिएन l उनको स्वागतमा मेडिकल व्यवसायी दुर्गा पर्साई र जमुद्दीन अन्सारीलगायतका थुप्रै ब्यापारी व्यवसायी पुगेका थिए l सुनिल शर्माको भव्य स्वागत गरिएको थियो l
स्मरणीय : akabarey.com परीक्षण प्रसारणमा छ l
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...