गोलमेच सम्मेलन सचिवालयको बैठकले गरेका निर्णयहरू
काठमाडौँ-आज काठमाडौँमा "गोलमेच सम्मेलन" सचिवालयको बैठक पूर्व राजदूत डा. निर्मल विश्वकर्माको अध्यक्षतामा बसी विविध निर्णयहरू गरेको छ l
वैशाख महिनामा दलित समुदायका अगुवा,नीतिनिर्माता, राजनीतिज्ञ,बुद्धिजीवी र अभियन्ताहरूको ऐतिहासिक गोलमेच सम्मेलन हुने कुरा यस अघि नै तय भए पनि त्यसको व्यवस्थापन, संचालन, प्रचारप्रसार, आर्थिक स्रोत सङ्कलनलगायत अन्य नियमित गतिविधि संचालन गर्न बैठक बस्ने गरेको गोलमेच सम्मेलन तयारी समितिका अध्यक्ष निर्मल विश्वकर्माले जानकारी दिएका छन् l
डा. विश्वकर्माले दिएको जानकारी अनुसार आज भएका निर्णयहरू यस प्रकार छन् :
१.तत्काल पत्रकार सम्मेलन गर्ने ।
२.गोलमेच सम्मेलनको अवधारणा पत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने ।
३. "गोलमेच सम्मेलन"को प्रवक्तामा अग्निशिखा लाई जिम्मेवारी दिएको छ ।
४.गोलमेच सम्मेलनको कार्ययोजना बाँडफाँड गरेको छ ।
५. मूल आयोजक कमिटीमा देशभरिबाट छुटेका केही साथीहरूलाई थप्ने निर्णय भएको छ।
६.ताप्लेजुङको पाथिभरा क्षेत्रमा राज्यबाट भएको दमन,सामाजिक अभियन्ता आशिका, तामाङ र सरकारले ल्याउन लागेको विधेयक को विषयमा तत्काल प्रेस नोट जारी गर्ने ।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इ...
लमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘ह...
भविष्यमा समग्र राज्य प्रशासन धार्मिक समुदायप्रति थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने माग समेत पार्टी...