गोलमेच सम्मेलन सचिवालयको बैठकले गरेका निर्णयहरू
काठमाडौँ-आज काठमाडौँमा "गोलमेच सम्मेलन" सचिवालयको बैठक पूर्व राजदूत डा. निर्मल विश्वकर्माको अध्यक्षतामा बसी विविध निर्णयहरू गरेको छ l
वैशाख महिनामा दलित समुदायका अगुवा,नीतिनिर्माता, राजनीतिज्ञ,बुद्धिजीवी र अभियन्ताहरूको ऐतिहासिक गोलमेच सम्मेलन हुने कुरा यस अघि नै तय भए पनि त्यसको व्यवस्थापन, संचालन, प्रचारप्रसार, आर्थिक स्रोत सङ्कलनलगायत अन्य नियमित गतिविधि संचालन गर्न बैठक बस्ने गरेको गोलमेच सम्मेलन तयारी समितिका अध्यक्ष निर्मल विश्वकर्माले जानकारी दिएका छन् l
डा. विश्वकर्माले दिएको जानकारी अनुसार आज भएका निर्णयहरू यस प्रकार छन् :
१.तत्काल पत्रकार सम्मेलन गर्ने ।
२.गोलमेच सम्मेलनको अवधारणा पत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने ।
३. "गोलमेच सम्मेलन"को प्रवक्तामा अग्निशिखा लाई जिम्मेवारी दिएको छ ।
४.गोलमेच सम्मेलनको कार्ययोजना बाँडफाँड गरेको छ ।
५. मूल आयोजक कमिटीमा देशभरिबाट छुटेका केही साथीहरूलाई थप्ने निर्णय भएको छ।
६.ताप्लेजुङको पाथिभरा क्षेत्रमा राज्यबाट भएको दमन,सामाजिक अभियन्ता आशिका, तामाङ र सरकारले ल्याउन लागेको विधेयक को विषयमा तत्काल प्रेस नोट जारी गर्ने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...