स्वास्थ्य बीमा रकम ५ लाख पुर्याउने योजनाको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखित विषयका आधारमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटी नेतृत्वको समितिलाई जिम्मेवारी दिएका थिए ।
समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएका छन् l
कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धि निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै बीमा रकम ५ लाख पुर्याउने तयारी गरिरहेको बताएका थिए । प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश गरिएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ l
मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने तयारी मन्त्री पौडेलले गरेका छन् l
मन्त्री पौडेलको यो प्रयास सर्हानीय छ l जनताको स्वास्थ्यमा राज्यले क्रमशः पूर्ण दायित्व निर्वाह गर्ने स्थिति बन्नु पर्छ l आम सर्वसाधारण यही अपेक्षा गर्दछन् l
विश्वभरि नै प्राकृतिक विपत्तिको बेला दुर्भाग्यवश यस्तो हुने गरेको पाइन्छ ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण...
भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।