जातीय विभेदजन्य कमेन्ट लेख्ने शिक्षकलाई ३ महिना कैद र ३० हजार जरिवानाको अदालती फैसला
सुर्खेत-सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेख्ने एक शिक्षकलाई ३ महिना कैद र ३० हजार जरिवाना गर्ने फैसला अदालतले गरेको छ l
जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको एकल इजलासले जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गरेको भन्दै दैलेखको महाबु गाउँपालिका ४ का तर्कबहादुर सिंहलाई ३ महिना कैद सजाय र ३० हजार जरिवाना तिराउने फैसला गरेको हो।
दलित समुदायका अगुवाहरूले उनको प्रतिक्रिया समग्र दलित समुदायप्रति लक्षित र अपमान गर्दै जातीय भेद र अमर्यादा गर्ने रहेको भन्दै कारबाहीको माग गर्दै जातीय छुवाछुतविरूद्ध जाहेरी दर्ता गराएका थिए l जसको फैसला बुधबार आएको हो l
गत साउनमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारको सचिवालयमा कार्यरत कर्मचारीहरूको विवरण सार्वजनिक हुँदा त्यसमा महाबु गाउँपालिकाको गीताचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षकसमेत रहेका तर्कबहादुर सिंहले कमेन्ट गर्दै लेखेका थिए : ‘सबै डुमैडुम छन् त यार अरू कोही रहेनछन् त ?' उक्त कमेन्टलाई लिएर दलित समुदाय आक्रोशित भएको थियो र कानुनी उपचारमा जाने बाटो तय गरेको थियो l
दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका संयोजक गम्भिरसिंह भुलले गत साउन २२ मा जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेकोमा बुधबार अदालतले उक्त फैसला गरेको जिल्ला अदालत सुर्खेतको स्रोत बाट जानकारी प्राप्त भएको छ l
जातीय विभेद हुने गरी सिंगो दलित समुदायको आत्मसम्मानलाई चोट पुर्याउने सामाजिक सद्भाव भड्काउने कार्य गरेको भन्दै गम्भीर सिंह भुलले रिट निवेदन दायर गरेका थिए।
सुर्खेत जिल्ला अदालतबाट आएको यो फैसलालाई आम मानिसले सकारात्मक रूपमा लिएर न्यायको अनुभूत गरेका छन् l
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...