रवि लामिछाने पत्नी निकिताका साथ पूजापाठमा व्यस्त

रास्वपा सभापति माघ दुई गते काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी लगायत अन्य मुद्दाको आरोपी भएर ६० लाख धरौटी बुझाएर रिहा भए देखि कतै सार्वजनिक रूपमा बोलेका र देखिएका थिएनन् l अहिले नबोले पनि तस्बिर भने सार्वजनिक भएको छ l
आज रवि लामिछाने पत्नी निकिताले रविसँग मन्दिर गएको, देवतालाई पूजा गरेको तस्बिर सार्वजनिक गरेकी छन् l
निकिता पौडेल लामिछानेले क्याप्सन नराखी केही फोटोहरू सार्वजनिक गरेकी छन् l रास्वपाका नेता कार्यकर्ताले उक्त फोटोमा अनेक थरी क्याप्सन राखेर सार्वजनिक संजालमा शेयर गरिरहेको देखिन्छ l
निकिता पौडेल लामिछानेको नाम भएको फेसबुकमा पोष्ट भएको फोटोमा SATURDAY को रातो लोगो देख्न सकिन्छ l फोटो बारे केही कतै उल्लेख नगरे पनि धेरैलाई यो फोटो आजको नै हो र विभिन्न मन्दिरमा रवि पत्नीसाथ गएको र त्यसलाई निकिताले सार्वजनिक गरेर खुशी मनाएको रूपमा बुझ्न सकिन्छ l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...