रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं, माघ -२:जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।
न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । यसै बीचमा इजलास बाहिर आएका कर्मचारीले धरौटी आदेशबारे सूचना दिइरहेका छन् ।
यो आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । आजको आदेशको पूर्णपाठ आउन बाँकी छ l आदेशमा प्रयुक्त भाषाबाट पनि धेरै अनुमान गर्न सकिन्छ l
आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो ।
पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सह...
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...