शासक हो मरेको, न्याय मरेको छैन-दुर्गा प्रसाई

काठमाडौँ, पुष ६-सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार रिहा भएका छन् l रिहाइपछि उनले प्रतिक्रिया दिंदै उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका छन् ।
‘मेरो लडाई जारी छ । तस्करहरुविरुद्धको लडाई जारी रहने छ । यो लडाईबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा भुईँ मान्छेको बोली हो । उत्पीडित वर्गको बोली हो । कम्युनिस्टहरूले बोल्नु पर्ने आज मैले बोल्नुपर्यो ।’ प्रसाईले भनें l
अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले सीआईबी र साइबर दुबैसँग आफ्नो नङ र मासुको सम्बन्ध भएको बताए,उनले अब आफ्नो राजनीतिक यात्रा सुरु भएको पनि उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो । जम्मा ३१ दिन हिरासत बसेर प्रसाई सर्वोच्चको आदेशले हिरासत मुक्त बनेका हुन् l
रिहाइको केही समयपछि शुक्रबार दुर्गा प्रसाई नामको फेसबुक पेजबाट आफ्नो पक्षमा आवाज उठाउने समस्तमा धन्यवाद व्यक्त गर्दै एक स्टाटस राखेका छन् जहाँ लेखिएको छ : 'शासक हो मरेको न्याय मरेको छैन l राज्यका कुनै निकायप्रति विश्वास उडेको होला, तर न्यायलय आज पनि पवित्र छ l'
दुर्गा प्रसाईको फेसबुक स्टाटस जस्ताको त्यस्तै :
शासक हो मरेको न्याय मरेको छैन,
राज्यका कुनै निकाय प्रती बिष्वास उडेको होला, तर न्यायलय आज पनि पवित्र छ l राज्यका अनेकन बेथीतीको भण्डाफोर गर्दा निरंकुश शासकको ठाडो आदेशमा प्रशासनको चिसो खोर सहनु पर्यो, नागरिकको पक्षमा बोल्दा झुटा मुद्दा खेप्नु पर्यो , अन्तत्वगत्वा सत्यको जित भएको छ । सर्वच्व अदालतको आदेशले आज रिहा भएको छु । यो बिचमा सहयोग सदभाव व्यक्त गर्ने, आदरणीय बिभिन्न दलका नेता गण, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, सुबेक्षुक लगायत न्यायप्रेमी सबै आमाबुवा, दाजुभाई, दिदिबहिनी सबैलाई हृदयदेखी धन्यवाद ! उहिँ उत्साह, उस्तै उमंग उस्तै शाहसका साथ तपाईको प्यारो दुर्गा प्रसाई मैदानमा खडा हुनेछ ।
बाँकी बिस्तारै बताउने छु । हार्दिक धन्यवाद !
प्रसाईको फाइल फोटो प्रयोग गरिएको छ l सम्पादक
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...
सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो ।
हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाल...