गोरखाको द्रव्यशाह क्याम्पसमा विद्यार्थीलाई दुनाटपरी गाँस्ने तालिम

रासस -
गोरखा, मङ्सिर-८ द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरूलाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ ।
क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको होे ।
“क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भन्नुभयो,– “अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ ।” स्थानीय वनमा पाइने सालका पातबाट दुनाटपरी बनाउन जानेपछि थोरै भए पनि आय आर्जन गर्न सहज हुने तथा सीप पनि सिकिने भएकाले छात्राहरूलाई तालिमको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
तालिमले उनीहरूमा उत्साह भरेको छ । क्याम्पसले सञ्चालन गर्दै आएको ‘सिकौँ र सिकाऔँ’ अभियानअन्तर्गत छात्राहरुका लागि दुनाटपरी गाँस्ने तालिम सञ्चालन गरेको हो ।
डा.केसी आजसम्म २७० दिन भोकै बसेर निष्ठा र नैतिकताको लडाई लडिरहेका छन् l
यहाँ टासिँन र छुटिन सिकिदैन यहाँ त जोडिन सिकिन्छ । अखण्ड प्रचण्ड कर्म गरेर धन्य धन्य बन्न सिकिन्छ ।
सरकारी सिट बढ्नुपर्नेमा निजि मेडिकल कलेजलाई सिट थप दिएर सरकारले सरकारी मेडिकल कलेजलाई उपेक्षा गरेको...