शरीरको अनावश्यक बोसो घटाउने उपायहरू - डा. दिलजान मन्सुर

कम्मरको वरिपरी रहेको बोसो सबैभन्दा घातक मध्यको एक हो ।जुन बोसोले शरीरलाई भद्दा मात्र बनाउँदैन यो रोगको घरको रूपमा पनि विकास हुन् पुग्छ l यसबाट छुट्न कि हामीले त्यो बोसो समाप्त गर्न सक्न पर्छ, कि त्यही बोसोले हामीलाइ सताउँछ, दुख दिन्छ र अनावश्यक स्वास्थ्य समस्याको शिकार बनाउँछ l तसर्थ शरीरमा अनावश्यक बोसो जम्न नदिन समयमै सचेतता अपनाउनु बुद्धिमानी ठहर्छ l सोही सचेतताको लागि आजको आर्टिकल केन्द्रित छ l
उक्त बोसोलाई परास्त गर्न निम्नउपायहरू अपनाउन सकिन्छ ।
• प्रशोधित खानेकुरा नखाने । वास्तविक खानेकुरा खाने । उच्च पोषण र प्रोटिन भएको खानालाइ आफ्नो भोजनको आधार बनाउने । १०० वर्ष पहिले हाम्रा पिता पुर्खाहरूले खाने गरेका खानेकुरा खाने । यसको मतलव १०० बर्ष पुराना खानेकुरा खोज्दै हिड्ने भन्न खोजेको होइन । एउटा विचारको रुपमा बहस छेडेको मात्र हो l भन्न खोजेको के भने जीवन्त (जीवन भएको) खानेकुराहहरू खाने ।
आधुनिक खाद्य उद्योगले हाम्रो स्वास्थ्यको चिन्ता गर्दैनन् । आफ्नो व्यापार मात्रै हेर्छन् । हाम्रो जीवन उनीहरूको भरमा छोड्नु भनेको स्वस्थ नभै रोगी हुनु हो । मुटु हाम्रो इन्जिन भएको हुँदा हामी आफैले यसको ख्याल गर्नुपर्छ ।
आफ्नो आफैले ख्याल नगर्दा स्वस्थ्य शरीर निर्माणमा हेलचेक्र्याइ गर्दा हामीले दुख पाइरहेका छौं l हैरानी खेपीरहेका छौं l
यसो गर्ने -
• दैनिक कम्तिमा १० हजार पाइला हिड्ने । शुरु शुरुमा यो धेरै जस्तो लाग्न सक्छ । थोरैबाट शुरु गर्ने अनि बढाउँदै लैजाने । हिड्न मन पर्दैन भने बास्केटबल, टेनिस, फुटबल जस्ता खेलहरू खेल्न सकिन्छ । साइकल चलाउन पौडिन सकिन्छ । जति धेरै ब्यायाम उति राम्रो स्वास्थ्य । खाना खाएपछि कम्तीमा ३० मिनेट हिड्ने ।• आवश्यकता अनुसार (दैनिक कम्तीमा २ लिटर) पानी पिउने । शरीरको लागि हाइड्रेसन अति नै महत्वपूर्ण छ । यसले हाम्रो मेटाबोलिजम मजबुद गराउँछ । दिमागलाई पनि राम्रो गर्छ । खाना खानु अघि पानी पिएमा भोकको महशुस कम गराउँछ । पानी चै पिउने तर अल्कोहल नपिउने ।
• राती ७।८ घण्टा मजाले निदाउने । स्वास्थयको लागि यो अत्यन्तै महत्वपूर्ण छ । तसर्थ यसलाइ दिनचर्या बनाउने । सुत्ने र उठ्ने समयलाइ एकनासको बनाउने । यस प्रकारको कार्य शरीर, दिमाग र केही मात्रामा तौल घटाउने अनि मांसपेशी बढ्ने कृयासँग सम्बन्धित छ । जसले गर्दा जीवनमा सकारात्मक परिवर्तन आउँछ ।
• हप्तामा कम्तिमा २ देखि ३ दिन वेट ट्रेन गर्ने । भारत्तोलन गर्ने वा आफ्नै शरीरको वजनसँग ट्रेन (क्यालिस्थेनिक्स) गर्ने । मांसपेशी बृद्धी गर्नाले कुशल "फ्याट बर्निंग" मेसिन बनाउँछ । यसको बारेमा सोच्ने अनि गर्ने ।
• शरीरको तौलको प्रति किलोग्राम १.५ देखी २ ग्राम प्रोटिन खाने । जसले गर्दा शरीरमा मांसपेशीको बृद्धी हुन्छ । सजिलैसँग शरीरको बोसो घटाउन सकिन्छ । खानामा प्रोटिनको मात्रा बढाउने । यसले कम भोक महसुस हुन्छ ।
• वर्तलाइ विकल्पको रुपमा लिन सकिन्छ । बर्त उचित अभ्यास लागेमा यो शक्तिशाली हतियार हो उपवास १२ घण्टा अवधि शुरु गर्ने र १४ हुँदै १६ अनि १८ घण्टा सम्म बढाउन सकिन्छ । यसले शरीर र दिमागलाई राम्रो बनाउँछ । यसमा कुनै शंका छैन । बर्तलाई थप सहज बनाउन बीच बीचमा सादा कालो कफी पिउन सकिन्छ ।
• मजाले घाम ताप्ने । शरीरमा घामको महत्व र फाइदाहरूको सूची ठूलो छ । दिनमा कम्तिमा २०-३० मिनेट घामको किरणमा आफूलाई खुला गर्ने अभ्यास अति उत्तम हुन्छ । बिहानको केही मिनेट घामले राम्रो गर्नेछ।
• एउटा यस्तो अवस्थाको सृजना गर्ने कि जतिबेला मानसिकरूपमा चरम सुख होस । म यसमा बढी नै जोड दिन्छु । हरेक दिन कुनै कुरलाइ प्रतिबिम्बित गर्नका लागि स्पष्ट दिमागमा समय बिताउन सकियो भने जीवनका लक्ष्यहरूरको लागि संघर्ष गर्न सहज हुनेछ । त्यसको लागि ध्यान गर्न सकिन्छ । हिँड्न सकिन्छ । श्वासप्रश्वास विधिहरू प्रयोग गर्न सकिन्छ । जुन कार्य गर्न आफूलाई सहज हुन्छ ।
• प्रकृतिमा समय बिताउने¸ पदयात्रामा जाने, खेलकुद गर्ने जस्ता कार्य गर्न सकिन्छ । यो अर्को नजर अन्दाजको विषय हो जसको कुनै महत्व छैन जस्तो देखिन्छ । तर यसमा धेरै कुरा लुकेको हुन्छ । यसले तपाईंलाई ठूलो स्पष्टता दिनेछ ।
प्रकृतिले दिएका निशुल्क औषधिहरू
प्रकृतिले दिएका निशुल्क औषधीहरू छन जुन स्वस्थ जीवनका लागि रामवाण सावित हुन्छन् । तर हामीले ती निशुल्क औषधिहरूको उपभोग गर्न जान्नु पर्दछ । प्राकृतिक औसधि जुन जोखिमयुक्त पनि छैनन् l जसलाई निशुल्क र आफ्नै घर आँगनमा प्राप्त गर्न सकिन्छ l जसको उपयोगले कालान्तरको स्वास्थ्य जोखिम र आर्थिक जोखिमलाई कम गर्न सकिन्छ अत: निशुल्क प्राप्त हुने प्रकृतिको वरदानलाई समयमा सदुपयोग गरौ l
निन्द्रा¸ घाम¸व्यायाम¸ ध्यान¸ हाँसो¸ दया¸माया¸करुणा¸ सकारात्मक सोच जस्ता कुराहरू प्रकृतिले दिएका निशुल्क र अपरम्पार औषधि हुन् । जसलाई आधुनिक औसधि विज्ञानले आविष्कार गरेको कुनै पनि औसधि र प्रविधिसँग तुलना गर्न सकिन्न l
स्मरणीय : डा. मन्सुरको फेसबुकबाट प्रस्तुत सामग्री र फोटो साभार गरिएको छ l
विश्वभरि नै प्राकृतिक विपत्तिको बेला दुर्भाग्यवश यस्तो हुने गरेको पाइन्छ ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण...
भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।