जातीय विभेद अन्त्यको लागि पहिलो धार्मिक अनुष्ठान पोखरामा सम्पन्न

पोखरा, कार्तिक ४ - जातीय विभेद अन्त्यको लागि यही कार्तिक २ र ३ गते गण्डकी प्रदेशको पोखरामा रहेको विश्वकर्मा वैदिक कर्मकाण्ड समाज पोखराको आयोजनामा धार्मिक अनुष्ठान सम्पन्न भएको छ l सङ्कल्पकर्ता जातीय विभेद अभियन्ता राजेन्द्र भुषाल, संकल्पकर्ता श्रीहरि विश्वकर्मालगायतको समुहले यो कार्यक्रमको आयोजना गरेको हो ।
सुदूरपश्चिमबाट आचार्य कृष्ण दमाई, विषेश सल्लाहकार संस्कारशिरोमणी ज्योतिषाचार्य गणेशप्रसाद पन्त पञ्जाङ्गकारले पनि सहभागिता जनाएका थिए l कार्यक्रममा सामुहिक दीपप्रज्वलन, सामुहिक गायत्रीमन्त्र, सामुहिक सालीग्राम पुजनलगायत हिन्दु धर्मसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम समावेश गरिएको थियो । ब्राम्हण, क्षेत्री वैश्य र शूद्र सबैको सामुहिक सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
देशभरीका गुरुकुलहरूमा शिल्पी (दलित) समुदायका बालकहरूलाई संस्कृत तथा कर्मकाण्ड अध्ययन गराइने र जातीय विभेदको अन्त्यको लागि सकेको प्रयत्न गर्न राष्ट्रव्यापी सन्देश प्रवाह गर्न यस्तो अनुष्ठान गरिएको आयोजकले जानकारी दिएका छन् l
श्री केदारेश्वर महादेव मन्दिर पोखरामा मन्दिरका पिठाधिस डा. स्वामी चिद्घन चैतन्यको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पं दिनबन्धु पोखरेल, पं. भीमकान्त भागवत, पं.राजानन्द माण्डव्य,आचार्य कृष्ण नेपाली,पं. गोविन्द पन्त, पं. चन्द्रकान्त पौडेल लगायतले मन्तव्य र प्रवचन दिनु भएको थियो l
पशुपतिको ऐतिहासिक कोटीहोममा कृष्ण दमाईलगायत अन्य दलित समुदायका व्यक्तिहरूलाई व्यसासन गराएर जातीय विभेदको अन्त्य गर्ने दृष्टान्तको नेतृत्व गरेका राजनन्द माण्डव्य भन्छन्: 'देशभर नै यस्ता अनुकरणयोग्य अनुष्ठान सम्पन्न गर्न हामी लागिपरेका छौं l सबैको साथ, समर्थन र सहयोग प्राप्त हुँदा जातीय विभेदको अन्त्य छिटो गर्न सकिन्छ l सबैले आ आफ्नो ठाउँबाट प्रयास गरौ' अभियन्ता माण्डव्य आग्रह गर्छन् l
जातीय विभेद अन्त्य गरौं।
मानवलाई मानवीय व्यवहार गरौ।
विसं १९०५ मा स्थापित गुम्बाको संरक्षण तथा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको थियो ।
सात तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग बनाइएको छ ।
पर्यटक लक्षित गरी किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन् ।