रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ
काठमाडौं : प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । लागुऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ परेका हुन् ।
लागुऔषधसहित पक्राउ परेका एक युवकले उक्त लागुऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेका हुन् ।
उनले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको खुलेको प्रहरीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...