मन्त्रालयप्रति असन्तुष्टि व्यक्त गर्दै दीपक मनाङेद्वारा मन्त्री पदबाट राजिनामा
पोखरा, भदौ १७ - गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै राजीनामा दिएको जानकारी प्राप्त भएको छ l
यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
आज एमालेका मन्त्रीहरूको शपथ समारोहबाट उनी असन्तुष्टि जाहेर गर्दै बाहिर निस्किएका थिए । कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने धम्की दिंदै आएका थिए । उनलाई छैठौं वरीयतामा राखिएको छ ।
यसअघि ५ जनामन्त्री हुँदा उनी तेस्रो नम्बर वरीयतामा थिए ।
स्मरणीय : फाइल फोटो प्रयोग गरिएको छ l सम्पादक
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l