मन्त्रालयप्रति असन्तुष्टि व्यक्त गर्दै दीपक मनाङेद्वारा मन्त्री पदबाट राजिनामा
पोखरा, भदौ १७ - गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै राजीनामा दिएको जानकारी प्राप्त भएको छ l
यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
आज एमालेका मन्त्रीहरूको शपथ समारोहबाट उनी असन्तुष्टि जाहेर गर्दै बाहिर निस्किएका थिए । कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने धम्की दिंदै आएका थिए । उनलाई छैठौं वरीयतामा राखिएको छ ।
यसअघि ५ जनामन्त्री हुँदा उनी तेस्रो नम्बर वरीयतामा थिए ।
स्मरणीय : फाइल फोटो प्रयोग गरिएको छ l सम्पादक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...