संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टीबीच एकता
काठमाडौँ, भदौ १२ - संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपव्लिकन पार्टीबिच पार्टी एकता भएको छ । ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा यही भदाै १० गते आयोजित एकता घाेषणा कार्यक्रम गरी दुई पार्टीबीच एकता गरिएकाे हाे । घाेषित पार्टीकाे नाम 'आमूल परिवर्तन नागरिक पार्टी' रहेकाे छ । आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरी र संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले संयुक्त रूपमा पानसमा बत्ती बालेर पार्टी एकता कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा आदिवासी जनजाति अभियन्ता एवम् पहिचानवादी नेता आङकाजी शेर्पा,पूर्वराजदूत डा. निर्मल विश्वकर्मा, विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियार, पहिचानवादी माेर्चाका अध्यक्ष प्रा.डा. महेन्द्र लावती, सी.डब्ल्यु.एनका अध्यक्ष डा. मित्र परियार,पूर्व न्यायाधीश डा.सलाउद्दिन अंसारी,एन.सि.एफका अध्यक्ष हनाेक तामाङ्ग,ईसाई अगुवाहरू डा.सिमाेन पाण्डे,के.वी.राेकाया लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष दलमर्दन कामीले याे एकता आत्मिक र सत्यकाे एकता भएकाे हुनाले कुनै पनि शक्तिले यसलाई विफल तुल्याउन नसक्ने दावी गरे । त्यसैगरी अर्का अध्यक्ष भरत गिरीले आध्यात्मिक भौतिकवादले मात्र यो देशकाे परिवर्तन हुने हुनाले आध्यात्मिकताको एजेन्डा मिल्ने पार्टीहरू एकता गरेर अघि बढ्ने बताए ।
यसैबीच एकता घाेषणा सभाद्वारा "आमूल परिवर्तन नागरिक पार्टी" घाेषणासँगै ३७ जनाकाे पदाधिकारी सहित १२१ सदस्यीय केन्द्रीय कार्य समितिकाे पनि चयन गरिएकाे छ, जसमा निम्नानुसार पदाधिकारीहरू रहेका छन्: १. अध्यक्ष - दलमर्दन कामी २. अध्यक्ष - भरत गिरी ३. वरिष्ठ नेता- कमला हेमचुरी ४. उपाध्यक्ष - सुशिला बेघा ५. उपाध्यक्ष - इन्द्रबहादुर राई ६.उपाध्यक्ष - डिल्लीप्रसाद चौलागाईं ७. उपाध्यक्ष - डिल्लीबहादुर तामाङ ८. उपाध्यक्ष- बि.आर. लामा ९. उपाध्यक्ष - उपाध्यक्ष - कलिराम पुर्जा १०. उपाध्यक्ष - ओमकुमार श्रेष्ठ ११. उपाध्यक्ष - बलराम विश्वकर्मा १२. उपाध्यक्ष - जित घले १३. उपाध्यक्ष - हुमबहादुर पुन १४. महासचिव - प्रेमबहादुर कार्की १५. उपमहासचिव - ध्रुवराज गिरी १६. उपमहासचिव - विदुर अधिकारी १७. उपमहासचिव - श्यामबहादुर राई १८. उपमहासचिव नरेश बिक १९. कोषाध्यक्ष - देवेन्द्र कुमार लिम्बु २०. सचिव - शशीकुमार विश्वकर्मा २१. सचिव - ताराबहादुर तामाङ २२. सचिव - मनबहादुर कार्की २३. सचिव - सुरेन्द्र परियार २४. सचिव- सृजना लामा भट्टराई २५. सचिव - रमेश कुश्वार २६. सचिव - शुभराज प्रजा २७. सचिव - दिलबहादुर तामाङ २८. सचिव - सोमबहादुर आले २९. सचिव - सपना महर्जन ३०. सचिव - रामबहादुर पाठक क्षेत्री ३१. सचिव - विनोद सेन ठकुरी ३२. सहकोषाध्यक्ष - विष्णु गुरुङ ३३. सहकोषाध्यक्ष - टेकनारायण श्रेष्ठ ३४. सहकोषाध्यक्ष - राम महर्जन (रूविन) ३५. सहकोषाध्यक्ष - चन्द्रमाया सुनुवार ३६.सदस्य - जयराम बस्याल ३७.सदस्य - जितबहादुर नेपाली रहेका छन् l
डलमर्दन काममीकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त एकता घाेषणा सभा कार्यक्रममा पार्टीका उपाध्यक्ष वि.आर.लामाले अतिथिलगायत सहभागीहरूलाई स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए भने उपमहासचिवद्वय विदुर अधिकारी र नरेश क्षितिजले कार्यक्रम संचालन गरेका थिए । पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको धोबीघाटामा सम्पन्न भएको थियो l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...