झिनामसिना कुरामा पनि सामाजिक संजालमा किन गुनासो गर्छन् रवि ?

साउन, २१ रवि लामिछानेले आज एक स्टाटस लेख्दै चितवनमा संचालित ब्लु बस र मोबाइल क्लिनिक बारे विभिन्न संचार माध्यमले भ्रम छरेको, आतंक खडा गरेको भन्दै दुखेसो गरेका छन् l रवि लामीछाने २१ जना सांसद भएका नेपालको चौथो ठुलो दलका राष्ट्रिय अध्यक्ष र संसदीय दलका नेता र पूर्व गृहमन्त्री हुन्, तर उनी यति फुर्सदिला देखिन्छन् कि प्राय: झिनामसिना कुरामा आफूलाई र आफ्नो पार्टीलाई लागेको आरोपको जबाफ सामाजिक संजालमा लेखेर बस्छन् । देशको एउटा जिम्वेवार नेताले राष्ट्रिय इस्युमा बोल्नु लेख्नु सामान्य कुरा हो । कति नेता नबोलेर नलेखेर नै आलोचित छन् । कति नेता धेर लेखेर,धेरै बोलेर आलोचित छन् । हाम्रो देशमा यस्ता नेताको कमी छ जसले आवश्यक विषयमा मात्र बोलोस् । जे बोलोस् त्यसले राष्ट्रिय महत्व राखोस् । रास्वपा पार्टीमा आकर्षण देख्दा झिनामसिना कुराको जबाफ फर्काएर पार्टी अध्यक्ष बस्ने फुर्सदमा भए जस्तो लाग्दैन । सानोतिनो कुरामा पनि जबाफ फर्काएर बस्छन् । कामले विज्ञापन आफै गर्छ । बहुदलीय र प्रतिस्पर्धात्मक राजनीतिमा उसै ठाँउ त कसले छोडिदिन्थ्यो होला र ? बीपी कोइराला र पुष्पलाललाई राणा र पन्चायतले ठाँउ उसै दिएका हुन् र ? प्रचण्ड आजको स्पेस बनाउन सजिलोसँग आएका होइनन् उनको टाउकाको मोल तोकिएको थियो । मृत्यु भएपछि पनि पुष्पलालको लास नेपाल ल्याउने अनुमति मिलेन । बीपी नेपाल आउँदा ज्यान जाने ८ वटा मुद्दा थिए । नेता र पार्टीका यस्ता इतिहास तर्फ रविको ध्यान पुगेको छैन l रवि अब म आएन मलाई सहजै ठाउँ छोड्नु पर्छ भन्ने मानसिकतामा भएको देख्न सकिन्छ l
रवि लामीछाने भने म आएँ अझै बाटो छोडेनन् भनेर गुनासो गर्नु हुन्छ । उर्दी लाउने र राजा राणा र तिनका भाइ भारदारहरूले हो । प्रजातान्त्रिक व्यवस्थामा बाटो बनाउने हो । बाटो नछाड्नेलाई आफ्नो तागत लगाएर मिल्काउने पो हो त ? बाटो छोड भनेर गुनासो गर्ने हो र ?
सबै कुराको जबाफ फर्काउने उनको मात्रै जिम्मा नहोला । पार्टी गतिविधि र पार्टीले सन्चालन गरेको कार्यक्रमबारे स्थानीय पार्टीले खण्डन मण्डन गर्न सक्छ । केन्द्रीय पार्टी प्रवक्ता मार्फत् विषयको उठान र बैठान गर्न सकिन्छ । पार्टी कार्यकर्ता र नेताबाट सभ्य र शिष्ट प्रतिवाद गर्न सकिन्छ l जता पनि रवि लामिछानेले बोल्नु पर्ने भए पछि पार्टी र पार्टी संयन्त्रको के काम भयो र ?
रवि लामिछानेको यो गुनासो यस्तो छ :
"कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर ...हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।"
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...