सुर्खेतमा यही श्रावण २५ गतेका दिन कर्णाली युवा जागरण कार्यक्रम हुने
सुर्खेतबाट सोविन्द्र परियार - दृष्टि नेपालको आयोजनामा कर्णाली प्रदेशको \ राजधानी सुर्खेतमा यही श्रावण २५ गतेका दिन कर्णाली युवा जागरण हुने भएको छ ।
कर्णालीका छरिएर रहेका करिब ८० जनाभन्दा वढि युवाहरू लाई एकठाँउ जोड्नको लागि कार्यक्रम गर्न लागिएको हो । युवाका चिन्तन र युवाको कर्णालीमा भविष्य के ? युवालाई उद्यमसँग कसरी जोड्ने ? जलवायु परिवर्तन न्यूनीकरणमा युवाको भुमिका के ? वर्तमान अवस्थामा युवाले के गर्ने र समाज सुधारमा युवालाई कसरी जोड्न भन्ने बिषयमा वृहत् छलफल हुने दृष्टि नेपालका अध्यक्ष जिवराज के.सीले जानकारी दिएका छन् ।
कर्णाली संस्कृति,प्राकृतिक गहना र सम्पदा हो । यसलाई चिनाउन र बचाउन पनि युवाले सोच्नुपर्ने कुराहरू धेरै रहेका छन् । युवा उमेर मात्र नभई युवा एक सोच हो l युवा एक ऊर्जा हो l युवा एक महा अभियान पनि हो आफैमा l
अब कर्णालीका युवाले रचनात्मक रूपले अगाडि बढ्नु र देखिने गरी केही न केही गर्नु पर्ने बेला आएको छ l । त्यसैले युवालाई मोटिभेट गर्न युवा जागरणको कार्यक्रमको आवश्यकता र औचित्य रहेको अध्यक्ष केसीले दाबी गरेका छन्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...