सुर्खेतमा यही श्रावण २५ गतेका दिन कर्णाली युवा जागरण कार्यक्रम हुने

सुर्खेतबाट सोविन्द्र परियार - दृष्टि नेपालको आयोजनामा कर्णाली प्रदेशको \ राजधानी सुर्खेतमा यही श्रावण २५ गतेका दिन कर्णाली युवा जागरण हुने भएको छ ।
कर्णालीका छरिएर रहेका करिब ८० जनाभन्दा वढि युवाहरू लाई एकठाँउ जोड्नको लागि कार्यक्रम गर्न लागिएको हो । युवाका चिन्तन र युवाको कर्णालीमा भविष्य के ? युवालाई उद्यमसँग कसरी जोड्ने ? जलवायु परिवर्तन न्यूनीकरणमा युवाको भुमिका के ? वर्तमान अवस्थामा युवाले के गर्ने र समाज सुधारमा युवालाई कसरी जोड्न भन्ने बिषयमा वृहत् छलफल हुने दृष्टि नेपालका अध्यक्ष जिवराज के.सीले जानकारी दिएका छन् ।
कर्णाली संस्कृति,प्राकृतिक गहना र सम्पदा हो । यसलाई चिनाउन र बचाउन पनि युवाले सोच्नुपर्ने कुराहरू धेरै रहेका छन् । युवा उमेर मात्र नभई युवा एक सोच हो l युवा एक ऊर्जा हो l युवा एक महा अभियान पनि हो आफैमा l
अब कर्णालीका युवाले रचनात्मक रूपले अगाडि बढ्नु र देखिने गरी केही न केही गर्नु पर्ने बेला आएको छ l । त्यसैले युवालाई मोटिभेट गर्न युवा जागरणको कार्यक्रमको आवश्यकता र औचित्य रहेको अध्यक्ष केसीले दाबी गरेका छन्
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...