दोलखा भीमसेनको शिलामा आज पनि पसिना

दोलखा भीमसेनको शिलामा आज बुधबार मध्याह्नदेखि पसिना आएको छ । बुधबार दिउँसो १२: ४५ देखि शिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको बताइन्छ । दिउँसो १२: ४५ मा पुजारी काशीनारायण श्रेष्ठले शिला एक्कासि कालो र चम्किलो भए सँगै तप तप पसिना बग्न थालेको देखेपछि गुठियार र पूजा व्यवस्थापन समितिका पदाधिकारीलाई खबर गरेका थिए।
सिलामा पसिना आउनु अनिष्टको सूचकको रूपमा विश्लेषण गरिन्छ l
यस अघि गत शनिबार दोलखा भीमेश्वर मन्दिरको शिलामा दिउँसो दुई पटक पसिना थियो । पहिलो पटक शनिबार दिउँसो १ः४७ बाट शिलाको बाँयापट्टी पसिना आउन सुरु भएकोमा ३ः५१ बजे रोकिएको र दोस्रो पटक ४ः०५ बजे शिलाको दाँयापट्टीबाट सुरु भएर सबैतिर झन्डै १०-१२ मिनेट पसिना आएको थियो l
शनिबार पनि तीन वर्ष पछि शिलामा पसिना आएको हो l त्यस लगत्तै आज एक हप्ता पुग्न नपाई छ दिनको दिन फेरि पसिना आएको छ l
भीमसेनको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि पसिना आएको रेकर्ड छ l आज फेरि ६ दिन पछि भीमसेनको शिलामा पसिना आएको छ l
शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ । शनिबार पनि भीमेश्वर मन्दिरमा तान्त्रिक विधिबाट पूजा गरेपछि पसिना आउन रोकिएको थियो । भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुलाई असर गर्ने र बायाँ पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहँदै आएको छ ।
शिलामा पसिना आउँदा शुभ या अशुभ दुवै खाले प्रभाव पर्न सक्ने बताइन्छ । शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पुरा हुने जनविश्वास समेत व्याप्त रहेको छ l
स्मरणीय : तस्बिर सामाजिक संजालबाट साभार
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...