उपसभामुख इन्दिरा रानाबाट आफूले कुनै अनैतिक कार्य नगरेको दाबी
काठमाडौं,साउन,४- आज एक प्रेस विज्ञप्ति जारी गर्दै इन्दिरा रानाले करिब डेढ वर्षअघि अमेरिकी दूतावावासलाई लेखेको पत्रका सम्वन्धमा सार्वजनिक प्रष्टीकरण दिएकी छन् । आफूबाट कुनै अनैतिक कार्य नभएको उनको दाबी छ ।
सभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी पत्र लेखेको उनले बताएकी छन् । करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको भन्दै उनले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा समेत चित्रण गरेकी छन् । आफू लामोसमय देखि सामाजिक कार्यमा रहेको र आफूले थुप्रै सम्मान अवसर पाएको भन्दै आफ्नो नैतिकता कतै कहिल्यै नचुकेको र नचुक्नेतर्क गरेकी छन् l
उपसभामुख को स्पष्टिकरण :
फोटो विकीपिडियाबाट साभार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...