रवि लामिछानेद्वारा चितवनमा महिलाहरूको लागि निशुल्क निलो रङ्गको बस सेवा दिने घोषणा

१७, साउन, चितवन - क्षेत्र नं. २ बाट दोस्रोपटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुप्रै लोकप्रिय र आकर्षक कार्यक्रम घोषणा गरेका छन् l जस अनुसार:
महिला मात्र चढन पाउने ३२ सिटे निलो रङ्गको निजी बसलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी लिइएको छ भने सो बसमा महिलाहरु मात्रै चढ्न पाउने छन् र उनीहरुले बसको भाडा तिर्नुपदैन ।भाडामा चल्ने बसको पुरानो स्वरुपको रंगलाई बदलेर राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह निलो रङ्ग लगाइएको छ ।
प्राप्त जानकारी अनुसार हरेक दिन बिहान बस कालिका नगरपालिकाको शक्तिखोरदेखि चल्न सुरु गेरेर जुटपानी, खोलेसिमल पदमपुर हुँदै भरतपुर आउने छ ।भरतपुरको वाइपास रोड, सरकारी अस्पताल, चौविसकोठी पूल्चोक, पोखरा बसपार्क, देवघाट, ठिमुरा रामनगर, पोखरा बसपार्क, पुल्चोक शिवघाट, धर्मचोक चौविसकोठी, अस्पताल रोड, हाकिमचोक बसपार्क लगायतका क्षेत्रमा घुमिरहने व्यवस्था मिलाइएको छ l बस रातिमा शक्तिखोर नै जानेछ र बास बस्नेछ । बसमा चढ्ने महिलाहरुका लागि रवि लामिछानेको फोटोसहितको एक कार्ड वितरण गरिने छ । सो कार्ड स्क्यान गरेपछि मात्रै बसमा चढ्न पाइने छ । यस्तो कार्ड सुरुको चरणमा ५ सय र पछि आवश्यकता अनुसार थप गरिनेछ । कार्डमार्फत् बसमा को–को चढे भन्ने कुराको रेकर्ड रहने छ ।
बस भित्र आफ्ना गुनासा तथा सुझावहरु राख्न सुझाव पेटिका, सेनिटरी प्याड लगायतका सामग्रीहरु राखिनेछ । बसका सिट कभर घण्टी चिन्हसहितको निलो कपडाले बेरिएका छन् । बस भित्र रवि लामिछानेले गरेको अपिल बजिरहने व्यवस्था मिलाइएको छ । अहिले हाल एउटा मात्रै बस चलाएर परीक्षण गर्ने र पछि आवश्यकता अनुसार बसहरु थप्दै लैजाने योजना रहेको सांसद लामिछानेले बताएका छन् ।
क्षेत्र नं. २ लक्षित कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनादेखि स्वास्थ्य बीमा, महिलाहरुका लागि निशूल्क बस, ६५ वर्ष नाघेका वृद्धवृद्धाका लागि घरमै पुगेर निशूल्क स्वास्थ्य जाँच, नमूना विद्यालय निर्माण गर्ने लगायतका घोषणा गरेका छन् l
लामिछाने निर्वाचन जितेको १०० दिनको अवसरमा गरिब तथा विपन्न नागरिकका लागि ५ लाख बरावरको स्वास्थ्य बीमा, ६५ वर्षभन्दा माथिको उमेरका वृद्धवृद्धा र अशक्तलाई घरमा नै गएर स्वास्थ्य जाँच गर्ने एक भ्यानसहितको चिकित्सकीय टोली पनि बनाएका छन् ।
एक जना एमबीबीएस चिकित्सकसहितको यस्तो टोलीले हरेक दिन विभिन्न टोलमा पुगेर स्वास्थ्य जाँच पुग्ने अस्पतालसम्म लैजानका लागि सहयोग गर्ने तथा आवश्यक स्वास्थ्य सल्लाहसमेत दिने लामिछानेले बताए । विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारी दिने कार्यक्रहरू सुनाए ।
रोजगारीको लागि विभिन्न निजी संघसंस्थाहरुसँग कर्मचारी आवश्यकताको माग मागेर त्यसलाई सार्वजनिक गरिएको छ । अहिले एक सय जनालाई विभिन्न संस्थामा रोजगारी दिने भनेर उनले विज्ञापन गरेका छन् । विभिन्न स्वदेशी तथा विदेशी पत्रिकामा विज्ञापन दिएको दावी गरेका लामिछानेले उनीहरुलाई निःशुल्क रुपमा नेपाल ल्याएर मासिक ४० हजारदेखि डेढ लाख रुपैयाँसम्म तलव दिने घोषणामा उल्लेख छ ।
कालिका नगरपालिकाको चर्तुमुखी मावि र भरतपुर १ को रामनगर माविको कक्षा ११ र १२ लाई नमूना विद्यालय बनाउने कार्यक्रम पनि उनले घोषणा गरेका छन् । यी विद्यालयमा पढ्ने विद्यार्थीलाई काठमाडौंको बूढानीलकण्ठ र पोखराको गण्डकी बोर्डिङमा पढ्नेसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउने लक्ष्य आफूले लिएको लामिछाने बताए । उनले पछि थप १ विद्यालय पनि थपिने बताउँदै अहिले ११ र १२ कक्षाबाट सुरु भए पनि पछि त्यसलाई कक्षा १०, ९, ८ गर्दै कक्षा १ सम्म ल्याउने बताए ।
रविको निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालय (१–७)को स्तरोन्नति गर्ने र कक्षा १२ सम्म आवासीय विद्यालय सञ्चालन बताइएको छ ।
आफूले उपनिर्वाचनमा प्राप्त ५४ हजार १७६ मतलाई बिम्ब बनाएर सोहीबराबरको वृक्षरोपण गर्ने कार्यक्रम पनि आएको छ l हरेक चार महिनामा विभिन्न सरोकारवालाहरुलाई राखेर सार्वजनिक सुनुवाई गर्ने र पहिलोपटक भदौ १० गते यस्तो कार्यक्रम राखिएको लामिछानले जानकारी दिए ।
akabarey.com ले लिएको जनमत अनुसार टिप्पणी : रवि लामिछानेद्वारा घोषित कार्यको कार्यन्वयन, खर्च व्यवस्थापन र पारदर्शिता चुनौतिपूर्ण रहेको देखिन्छ l
रास्वपाले बैठक बहिष्कार गरेर बाहिर आएर पत्रकार सम्मेलन गरेको थियो l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...