उपप्रधानमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले दिए राजीनामा
काठमाडौं, वैशाख,३१
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएपछि जसपा सरकारबाट बाहिरिएको हो l
दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा सरकारबाट बाहिरिएको हो । मधेशमा पनि जसपा नेतृत्वको सरकारलाई माओवादी र एमालेले समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको गृहकार्य थालेका छन् । हिजो प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवालाई बोलाएर मन्त्रीबाट राजिनामा नदिए आफू गलहत्याउन बाध्य हुने जानकारी दिएका थिए l
स्वास्थ्यमन्त्री उपेन्द्र यादव,राज्यमन्त्री दीपक कार्कीले दिएको राजिनामा पत्र ;
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...