दोहामा कृति लोकार्पणसँगै धुवाँलेको एकल कविता वाचन हुने
- वरिष्ठ सम्वाददाता सुरेश भट्ट आश्रिन
दोहा कतार,
नेपाली भाषा, साहित्य र कृति लोकार्पण आदि जस्ता कार्यक्रम आजभोलि अन्तर्राष्ट्रिय डायसपोरामा पनि हुने गरेका छन् । नेपालहरु जहाँ पुग्दछन् उनीहरु सँगै हाम्रा साहित्य सिर्जनाहरू पनि त्यहीँ पुग्ने गरेको पाइन्छ ।
साहित्य आफैंमा विश्व नियाल्ने आँखी झ्याल भएकाले पनि समयक्रमसँगै डायस्पोरिक लेखकहरू संसारभरि फैलँदै गएका छन् । यस क्रमसँगै साहित्यिक संस्थाको आवश्यकता र महत्त्व पनि बढ्दै गरेको छ । नेपाली साहित्यिक क्षेत्रमा पछिल्लो समय नेपालमा साहित्यकारका रूपमा स्थापित भएका साहित्यकारहरू मात्र नेपाली डायस्पोरामा हुने कार्यक्रमका लागि आउने जुन रित बसेको थियो, त्यो रित तोडिएको बताउँछन् मुक्तककार स्वतन्त्र नेपाल ।
नेपालमा पनि साहित्यको क्षेत्रमा हजारौं व्यक्तिहरूले कलम चलाउँ छन्, तर सबैको स्तरीय हुन्न । यद्यपि स्तरीय भएपनि ओझेलमा पारिएका /परेका नव सर्जकलाई रमेश स्मृति कोषले प्रोत्साहन गर्दै आएको कार्यक्रम संयोजक कवि दीप मिलन बताए l उनले यसपाली रमेश स्मृति कोषले प्रदान गर्दै आईरहेको "रमेश स्मृति पुरस्कार -२०८०" समर्पण कार्यक्रम तथा गजलकार "केबि धुँवाले"को एकल रचना वाचन कार्यक्रम दोहामा हुने उनलेे अकबरेडटकमलाई जानकारी दिएका छन् ।
रमेश स्मृति कोष नेपाल र समाज सेवा अभियान रूपन्देही कतारको संयुक्त आयोजना तथा उज्यालो लाल्टिन प्रतिष्ठन रूपन्देही र विशाल अनलाईन सोलुशन बुटवलको सहकार्यमा उक्त कार्यक्रम गरिने भएको हो ।
कोषले उक्त सम्मान "भत्किएको पर्खाल" कृतिका लेखक "सरस्वती बस्याल"लाई प्रदान गर्ने घोषणा गरेको छ । रमेश स्मृति कोषले पहिलो पटक महिला प्रतिभा सरस्वती बस्याललाई सम्मान गर्न लागेको हो l कतारको नज्मामा अवस्थित एसियन स्टार रेष्टुरेण्टमा यही मे१७ तारिख शुक्रबार दिनको २-४ बजेसम्म हुने उक्त कार्यक्रममा लेखक पूर्ण बिसीको "आमा" उपन्यास तथा सरस्वती बस्याल र समीम गैरेको संयुक्त मुक्तक संग्रह "भत्किएको पर्खाल"को सार्वजनिक तथा लोकार्पण कार्यक्रम पनि गरिने भएको छ ।
कतारमा रहेर नेपाली भाषा साहित्यमा कलम चलाइरहेका साहित्यकार,पत्रकार,समाजसेवीलगायत नेपाली दिदीबहिनी तथा दाजुभाइ सम्पूर्णलाई उपस्थितिका लागि आयोजक संस्थाले अपील गरेको छ ।
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।