आफूविरुद्धको षडयन्त्रमा लागेकाहरूको नाम सार्वजनिक गर्ने सन्दीपको धम्कीपूर्ण स्टाटस
जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूविरुद्धको षडयन्त्रमा लागेका प्रत्येक व्यक्तिको नाम छिटै सार्वजनिक गर्ने चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्छु । तर म विरुद्धको यस षड्यन्त्रमा भूमिका निर्वाह गर्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु । जो यस मुद्दामा संलग्न छन्।’ ‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शङ्का छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले उल्लेख गरेका छन् ।
हाल लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दिएका छन् । तर, उनको मुद्दामा सुनुवाई हुन सकेको छैन । यही झोकमा सन्दीपले स्टाटस मार्फत आफू विरुद्ध लाग्नेहरू, आफूलाई षड्यन्त्र गर्नेहरूको नाम छिटै सार्वजनिक गर्ने धम्की दिएको बुझ्न सकिन्छ l
फाइल फोटो प्रयोग
आफू खेलाडी हुँदाका अभावका दिन सम्झेर पनि आफ्नो जन्मदिनमा केही रकम छुट्याएको हुँ l
तामाकोसी गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरूमात्रै प्रतियोगि रहेका थिए l
जनभावना बहुउद्धेसीय क्लब झुलेको आयोजनामा सम्पन्न प्रतियोगिता चार दिनसम्म चलेको थियो l