कलाकार अस्मिता डल्लाकोटीलाई कतारमा सम्मान

- सुरेश भट्ट आश्रिन
धादिङ सेवा समाज कतारले कलाकार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिसँग भेटघाट तथा सम्मान गरेको छ । कतारको नज्मा स्थित ओल्ड दरबार रेष्टुरेन्टको सभाहलमा विशेष कार्यक्रम आयोजना गरी भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । समाजका संयोजक सोमनाथ कडेलको सभापतित्व तथा गायिका अस्मिता डल्लाकोटीको प्रमुख आतिथ्यमा तनहुँ सेवा समाजको आयोजनाको कार्यक्रमको निमन्त्रणालाई सांगितिक प्रस्तुति मार्फत सम्वोधन गर्न कतार आएको अवसर पारेर धादिंङ सेवा समाज कतारले दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको छ ।
प्रमुख अतिथि कलाकार अस्मिता डल्लाकोटीले नेपालबाट कतार आएर आफ्नो प्रस्तुति दिन पाउँदा उनले आफूलाई निकै गौरव भएको अनुभूति भएको बताइन् l साथै कतारसम्म आउने अवसर मिलाई दिएकोमा तनहुँ सेवा समाज कतारलाई आभार प्रकट गर्दै धादिङ सेवा समाज कतारले दिएको यो माया र सम्मानले जन्मभूमिप्रति जिम्मेवारी थपिएको र गीत संगितमा मिहेनत गर्न ऊर्जा मिलेको पनि डल्लाकोटीको भनाई थियो । सम्मान कार्यक्रममा उपस्थिति हुनुभएका विशेष अतिथि तथा अतिथिहरूमा : नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष सुवास तामाङ,एकीकृत समाजवादी पार्टीका प्रमुख सल्लाहकार गणेश ढकाल,कतारलाई कर्मथलो बनाएका व्यवसायी तथा समाजसेवी धादिङ समाजलाई चलायमान बनाएर धादिङवासीको समस्या र गुनासो सुन्ने संस्था बनाउनुपर्छ भनेर अहोरात्र खटिएर हामी सबैलाई साथ सपोर्ट र सहयोगका साथ सुझाव दिनुहुने हाम्रा अग्रज साथै हाम्रा संरक्षक कबिन्द्र कडेल र अतिथि नेपाल आदिवासी जनजाति महासंघ कतार शाखाका महासचिव तथा नेपाल प्रवासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार साथै धादिङ सेवा समाज कतारका अग्रज धीरेन तामाङ,महिला समाज कतारकी महासचिव धादिङकी चेली मेनुका खतिवडा त्यस्तै तनहुँ सेवा समाज कतारका अध्यक्ष पदम गिरीलगायत विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले कलाकार अस्मिता डल्लाकोटीलाई आगामी दिनमा सांगीतिक यात्रा र सफलताको शुभकामना दिएका थिए ।
सम्मान कार्यक्रममा धादिङ सेवा समाज कतारका सह-संयोजक रोम राना मगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन समाजका सचिव आयुस घलेले गरेका हुन् । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति सोमनाथ कँडेलले धादिङको माटोले जन्माएको कलाकार अस्मिता डल्लाकोटीलाई कर्मभूमिमा सम्मान गर्न पाउँदा खुसी लागेको बताएका थिए साथै आगामी दिनमा कलाकार डल्लाकोटीलाई लोक-दोहोरीको सांगीतिक यात्रा र सफलताको शुभकामना समेत दिएका थिए साथै गृह जिल्लाकी चेली कोइलीकण्ठ भएकी कलाकार भेटघाट तथा सम्मान गर्ने अवसर प्रदान गराइदिएकोमा संयोजक सोमनाथ कडेले तनहुँ सेवा समाज कतारप्रति हार्दिक आभार प्रकट गरेका हुन् ।
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन...
नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् ।
चाडबाडको समयमा विदेशमा रहेका अधिकांश अभियान्ता, पञ्जिकृत सदस्यहरू नेपाल आउँछन् उक्त समय नै एकताको ला...