इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता
काठमाडौँ, चैत १९
इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता भएको छ । काठमाडौँ चाबहिल कुमारीगालमा अवस्थित इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच विद्यालयमा आधुनिक तथा समयसापेक्ष शिक्षण सिकाइ गर्ने,गराउने सम्बन्धमा सम्झौता भएको हो । विद्यालयका तर्फबाट संस्थापक प्रधानाध्यापक श्री रविन दाहाल र विश्वविद्यालयका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
परम्परागत शिक्षण विधिले विद्यार्थीहरूको सिकाइ उपलब्धि समयसापेक्ष बनाउन नसक्ने तथा विद्यार्थीहरूको पढाइमा अभिरुचि बृद्धि गर्नका लागि न ‘स्टिम’ विधिलाई अझ प्रभावकारी रूपमा अवलम्बन गर्न लागिएको विद्यालयका संस्थापक प्रधानाध्यापक श्री रविन दाहालले जानकारी दिए । विश्वविद्यालय र विद्यालयबीचको सम्झौतामा हस्ताक्षर गर्दै निजी क्षेत्रबाट विद्यालय सुधारका लागि सकारात्मक कदम भएको डिन प्रा.डा.बालचन्द्र लुइटेलले बताए ।
समयसापेक्ष विश्व बजारमा दक्ष जनशक्तिको मागलाई ध्यानमा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष हासिल गर्न काठमाडौँ विश्वविद्यालय र विद्यालयबीच सम्झौता भएको विद्यालयका कार्यकारी निर्देशक संगीता सिंह दाहालले जानकारी दिएकी छन् l
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l